सर्केगाड गाउँपालिका द्धारा दोस्रो कृषि मेला प्रदर्शन


भदौ २६ सर्केगाड । हुम्लाको सर्केगाड गाउँपालिकाले कृषि मेला प्रदर्शन गरेको छ ।

महिला कल्याण सेवा हुम्लाको सहजीकरणमा तथा सर्केगाड गाउँपालिकाको आयोजनामा प्रदशन गरीएको कृषि मेलामा सर्केगाड गाउँपालिकाका करिब १ सय ४० भन्दा धेरै कृषकहरुले आफुले गरेको उत्पादन प्रदशन गरेका छन् ।

गाउँपालिका कृषि शाँखा र महिला कल्याण सेवाको संयुक्त बैठकले २३ वटा बालीलाई प्रदशनमा राख्ने भनेता पनि कृषकहरुले ३२ वटा उत्पादनहरु प्रदशनमा ल्याएको गाउँपालिका स्रोतले जनाएको छ । प्रदर्शनमा ३२ वटा बालीहरु ल्याएता पनि निर्णय अनुसार २३ वटा उत्पादनलाई मात्र प्रथामिकता दिएको महिला कल्याण सेवाका कार्यक्रम संयोजक पदम हमालले बताए ।

आठ वटा वडा भएको सर्केगाड गाउँपालिकाले अघिल्लो आर्थिक वर्षबाट सुरु गरेको कृषि प्रदर्शनीमा नागरीकले उत्पादन गरेका बालीनालीलाई प्रोत्साहन स्वरुप हरेक वर्ष यसलाई निरन्त्रता दिने गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले बताउनु भयो ।

हिमज्योती माध्यामिक बिद्यालयमा गरीएको प्रदर्शनीको अनुगमन गर्दै अध्यक्ष रोकायाले गाउँपालिका भरीका नागरीकहरुले आफु र आफ्नो घर परिवार सहित गाउँपालिकाका नागरीकहरुलाई समेत पुग्ने गरी उत्पादन गर्न अनुरोध गर्दै उत्पादित बस्तुको बजारीकरण गर्न गाउँपालिका पहल गर्ने बताउनु भयो ।

प्रदर्शनीमा स्याउ,पिण्डालु,आरु,चिचिण्डा,टमाटर,सिमि,केराउ,फापर,मास्र्या,बन्दा,ओखर,फर्सि,बेसार,तितेकरेला,मुला,काक्रो,आलु काउली,खुर्सानी,भण्टा,मकै,धान,उखु र सखरखण्ड राखीएका थिए । प्रदनिमा राखीएको प्रत्येक बालीको प्रथम द्धितिय र तृतिय छुट्याई गाउँपालिकाले पुरस्कार समेत प्रदान गरेको छ भने अरु सहभागी सबैलाई सम्मान स्वरुप प्रमाण पत्र र पुरस्कारको ब्यबस्था गरेको थियो ।तर त्यहाँका केहि नागरीकलेभने यस्ता प्रदशनि गर्नु भन्दा कृषकहरुलाई मल बिउ बितरण गर्नु पर्ने धारणा राखे ।

प्रदर्शनी राखीएका सम्पुर्ण बालीहरु मध्ये ३ जनालाई सर्बकृष्ट छनौट गरीएको छ सर्बोकृष्ट हुँनेमा जसपुरी थापा(मास्र्या),हिरकला शाही(पिण्डालु),र गहिदेब फडेरा(स्याउ)मा छनौट भएका छन् भने उनिहरुलाई प्रमाण पत्र र पुरस्कारले सम्मान गरेको छ ।

उक्त प्रदशनीको अनुगमनमा,गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्षहरु,प्रमुख प्रशासकिय अधिकृत सहित शिक्षक बुद्धिजिबि,बिभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानिय नागरीकहरुले पनि अनुगमन गरेका छन् ।

प्रकाशित मितिः     २६ भाद्र २०७७, शुक्रबार २२:३४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *