सर्केगाड ५ ले शनिबार ३ वर्षको एकै पटक सार्वजनीक सुनुवाई गर्यो


भदौ २७ सर्केगाड । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर ५ ले शनिबार सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानिय सरकार सञ्चालन भएको ३ वर्ष बिति सक्दा पनि अहिले सम्म सार्बजनिक सुनुवाई नभएको भन्दै चर्को जनगुनासो आई रहेका बेला शिसुको आर्थिक सहयोग तथा किर्डाक नेपाल र महिला कल्याण सेवाको सहजीकरणमा तिनै वर्षको संयुक्त रुपमा सार्वजनिक सुनुवाई गरीएको छ ।

पाँच नम्बर वडा कार्यालय गोठिका अध्यक्ष कर्ण जंग शाहीको अध्यक्षतामा वडा कार्यालयमा सम्पन्न सार्बजनिक सुनुवाईमा वडा परिषदनै नगरी सार्बजनिक सुनुवाई गर्न लागेको भन्दै चर्को बिरोध आए पछि वडा अध्यक्ष शाहीले सबैलाई साँक्षी राखेर पहिलो र दोस्र्रो वर्षको वडा परिषद गाउँमै गरेको र तेस्रो वडा परिषद भने वडा समितिले गरेको बताए पछि सार्बजनिक सुनुवाई कार्यक्रम सुरु भएको थियो ।

सार्वजनिक सुनुवाईमा पहिलो आर्थिक वर्ष २०७४।०७५ मा वडा कार्यालयबाट करिब २६ वटा योजनाहरु सम्पन्न भएको वडा अध्यक्ष शाहीले सार्बजनीक सुनुवाईमा बताए ।

कुन कुन योजना थिए त आ.व २०७४।०७५ मा

१.बिद्यालय शैक्षिक सामग्री खरीद रु.२००००।
२.औषधी खरीद र अनमी तलब रु.१७२८००।
३.सरसफाई सम्बन्धी जनचेतनामुलक कार्यक्रम रु..५००००।
४.ब्रथिङ सेन्टर ब्यबस्थापन रु.६२०००।
५.छाउपडी सम्बन्धी जनचेतानामुलक कार्यक्रम रु.१०००००।
६.वडा कार्यालय फिल्ड निमार्ण रु.८८६८००।
७.घट्टबाट नाइकबाडा घो.बाटो निमार्ण रु.५००००।
८.गौणाखोला र मित्रकोटी काठेपुल निमार्ण रु.८००००।
९.सिमखोला बाटो मर्मत रु.३००००।
१०.धारेखोला देखी झापुकुना बाटो म्रमत रु..२००००।
११ माघे माडौ निमार्णमा रु.७५०००।
१२.भुँवामष्टा माडौ निमार्ण रु.१२५०००।
१३.गोठी देखी भुँवा सम्म घो. बाटा निमार्ण रु.४२८७३३।
१४.औल कुती देखी लेख कुती सम्म बाटो निमार्ण रु.४२८७३३।
१५.थुम्चुमी प्राबि शिक्षक तलब रु.७२०००।
१६.पोख्री सहकारी संस्थामा रु.७००००।
१७.जनचेतना कार्यक्रम रु.१२००००।
१८.गोठि खा.पा म्रमत रु.१०००००।
१९.नाइकबाडा देखी पनेरी सम्म खोरेटोबाटो निमार्ण रु.२४००००।
२०.माछा पोखरी निमार्ण रु.१०००००।
२१.ज्युपाई माँडौ निमार्ण रु.६००००।
२२.गौरा पर्ब खर्च रु.४८०००।
२३.रोडीकोट पलस टु लाई रु.५००००।
२४.भलिबल खेलाडी खर्च रु.५००००।
२५.हिमज्योति माबी रु.५००००।
२६.नाइकबाडा देखी कल्लास सम्म घो.बाटो रु.४२८७३३।
आ.व २०७५।०७६
१.वडा कार्यालय भबननिमार्णमा १६ लाख
२.धुमचुमी मष्टामाडौ निमार्णमा २ लाख ५० हजार
३.घट्टेखोला काठेपुल निमार्णमा ५० हजार
४.ज्युपाई माडौ म्रमतमा १ लाख
५.गोठी हेल्थपोष्ट बिद्युत लाईन म्रमतमा २ लाख ५० हजार
६.भुवामष्टामाडौ निमार्णमा १ लाख
७.त्रिभुवन प्राबि कुतीमा १ लाख
८.पाल्तबाट धरान सम्म बोटो निमार्णमा २ लाख३७ हजार
जम्मा २६ लाख ८७ हजार
आ.ब २०७६।०७७मा
१.वडा कार्यालय भबन निमार्णमा २० लाख
२.जनपृय प्राबी घरेबारमा १ लाख ५० हजार
३.कुती माडौ निमार्णमा ३० हजार
४.ढिउषडे देखी स्कुल सम्म घो.बाटो १ लाख
५.तल्छडी सिचाईमा २ लाख
६.स्वास्थ्य सामाग्री खरीदमा ५० हजार
७.गोठी खानेपानी म्रमतमा १ लाख
८.पानीखाल्टा घो बाटो म्रमतमा २ लाख
९.बिबिध खर्च १ लाख
जम्मा २८ लाख ३० हजार

माथि उल्लेखीत योजनाहरुको टिप्पोणी गर्ने क्रममा सर्केगाड गाउँपालिका वडा नम्बर ५ का नागरिक हरुले स्थानिय सरकारले संकलन गरेको कर कहाँ ? स्वास्थ्य चौकीर वडा कार्यालयमा राखीएको इन्टरनेट वडा अध्यक्षको घरमा किन राखीयो ?,उपभोक्ता समितिमा किन आ आफ्नो मान्छे राखिन्छ ,स्वास्थ्य चौकीमा औषधीको लागि पैसा छुट्याइन्छ तर औषधी हुँदैन किन ? सिफारीसमा समेत बिभेद लगाय थुप्रै सवालहरुमा करिब २३ जनाले दिएको प्रस्नको उत्तरमा वडा अध्यक्ष शाहीले राजस्व संकलनको बिषयलाई लिएर गाउँपालिकामा गएर सोध्न आग्रह गर्दैदै संचित खातामा जम्मा गरेको ८० हजारको भौचरनै देखाउनु भएको छ ।

यसै गरी स्वास्थ्य चौकी रवडा कार्यालयमा राखीनु पर्ने इन्टरनेटको कुरामा वडा अध्यक्ष शाहीले क्रमचारीले जोड्न नमानेकोले आफ्नै घरमा रहेको र क्रमचारीले समय दिएको खण्डमा तत्काल सम्बन्धीत ठाउँमा जडान गरीने प्रतिबद्धता गर्नु भएको छ ।

उपभोक्ता समितिमा आ आफ्नो मान्छे राखीएको भन्नेप्रस्नामा वडा अध्यक्ष शाहीले तपाई हामी सबै नागरीक सच्चिएर गए समय नलाग्ने र तत्कालै समस्या समाधान गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

यि माथि उठेको प्रस्नहरुको जबाफ दिदै वडा अध्यक्ष शाहीले तत्काल समस्या समाधान गर्न नसकिए पनि क्रमस गदै लैजाने प्रतिबद्धता गर्नु भएको किर्डाक नेपालको परियोजना प्रमुख मनिलाल जैसीले बताउनु भएको छ ।
यो बाहेक प्रशासनिक खर्च,क्वारेनटाईन ब्यबस्थापनमा भएको खर्चहरुको पनि सार्बजनिक सुनुवाई गरीएको वडा कार्यालय स्रोतले खबर पठाएको छ ।

प्रकाशित मितिः     २८ भाद्र २०७७, आईतवार ०७:१७  |