बाढी पहिरोको अनुगमन गर्ने भन्दै कर्णाली प्रदेश सरकार हुम्लामा(रिर्पोट सहित)


असोज ३ हुम्ला । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महोन्द्र बहादुर शाहीको नेतृत्वमा आएको बाढी प्रभाबीत क्षेत्रहरुको अनुगमन गर्ने भन्दै कर्णाली प्रदेशका बिभिन्न गाउँहरुमा पुग्ने क्रममा आज अदानचुली गाउँपालिकामा पनि आई पुगेका छन् ।

सोरु गाउँपालिकाको धैनबाट आज दिउसो हेलीकप्टरबाटै दोमुख क्षेत्र,मकै,काँखे,करगई बारीगाउँ लगाएतका बाटी प्रभाबित क्षेत्रहरुको अनुगमन गरेका छन् अनुगमनमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही,आन्तरीक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी,सामाजिक बिकास मन्त्री दल रावल र कर्णाली प्रदेश सभा सदस्य चन्द्र बहादुर शाहीको टोली आएर अनुगमन पश्चात अदानचुली गाउँपालिकाको सुर्योदय माध्यामिक बिद्यालयमा एक औपचारीक कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रममा बाढी पिडितलाई राहत दिने,बिभिन्न बिकास निमार्णका कामहरु गर्ने प्रतिबद्धता समेत दिएका छन् अनुगमन भने हेलीकप्टरबाटै भएको थियो ।

पहिलो पटक कर्णाली प्रदेश सरकार दुर्गम गाउँ गाउँमा आएकोमा त्यहाँका नागरीकहरुको खुसीको सिमानै थिएन,उता राहतपो ल्याएर आयोकी भन्नेमा खुल्दुली समेत थियो तर हेलीकप्टर आयो बस्यो,आएका मन्त्रीहरुले बिभिन्न आसपासन भने दिए, तर ति आसपासन कहिले पुरा हुँने हुँन् हेर्न बाँकी छ ।

प्रकाशित मितिः     ३ आश्विन २०७७, शनिबार २३:१३  |