असोज ९ हुम्ला । सामाजिक सुरक्षा भत्तालाई ब्यबस्थीत गर्नको लागि अदानचुली गाउँपालिकाले आज ग्लोबल आई एम ई बैंक सँग संझौता गरेको छ ।
सबै सामाजिक सुरक्षा भत्ता,बाल अनुदान रकम,फरक क्षमता भएका नागरीक र एकल महिलाहरुलाई नेपाल सरकारले दिईदै आएको भत्ता बैंक खाता मार्फत उपलब्ध गराउने नेपाल सरकारको नीति बमोजिम अदानचुली गाउँपालिकाको कार्यालय र ग्लोबल आई एम ई बैंक शाखा कार्यालय अदानचुली बीच सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरण गर्नेको सम्झौता भएको छ ।
अदानचुली गाउँपालिकाका नि.प्रमुख प्रसाशकिय अधिकृत तिर्थराज बुढा तथा ग्लोबल आई एम ई बैंक शाखा कार्यालय प्रबन्धक रमेश कुमार रावल बिच सम्झौता पत्रमा हस्तार गरिएको अदानचुली गाउँपालिका पञ्जीकरण शाँखाका प्रमुख अशोक भण्डारीले जानकारी दिनु भएको छ । उहाँका अनुुुसार अब समाजिक सुरक्षा भत्ता बैक बाटै उपलब्ध गराउनका र बैंकबाट बाहेक अन्य कुनै पनि माध्यमबाट बितरण गर्न नपाईने भन्दै बैक संग सम्झौता गरिएको बताउनु भएको छ । यस भन्दा अघि भरपाई मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गरीएकोमा अब बैक मार्फत भत्ता उपलब्ध गराउन लागीरहेको र लाभग्राहीले सहज तरिकाले भत्ता पाउने ब्यबस्था गर्न लागी रहेकोले सबै लाभग्राहिले अनिबार्य गाउँपालिकाले सुचना गरे अनुसार बैंक खाता खोल्न सबै वडाहरुलाई निर्देशन गरी सकेको बताउनु भयो ।
सम्झौता कार्यक्रममा अदानचुली गाउँपालिका का.बा अध्यक्ष बिस्नु थापा,१ नम्बर वडाका वडा अध्यक्ष रग थापा,२ नम्बर वडाका वडा अध्इक्ष दल बहादुर बुढा सहित वडाका कम्प्युटर अप्रेटरहरुको उपस्थितीमा बैंक प्रबन्धक रमेश कुमार रावल र निमित्त प्रमुख प्रशासकिय अधिकृत तिर्थराज बुढाले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको पनि बताउनु भयो ।
बैंकले गाउँपालिकाबाट प्राप्त विवरण बमोजिम लाभग्राहीहरुको नाममा शुन्य मौज्दातमा सामाजिक सुरक्षा बचत खाता खोल्नेछ । ५ वर्ष मुनिका बालबालीकाको हकमा आमा वा संरक्षकबाट खाता संचालन हुनेगरी बचत खाता खोली दिने र आमा वा संरक्षकको दस्तखतबाट खाता संचालन गर्नुपर्ने शाखा प्रमुख भण्डारीले बताउनु भयो । यता ९० वर्ष वा सो भन्दा बढी उमेरका जेष्ठ नागरिक र रातो कार्ड (क बर्गको) प्राप्त गरेका पूर्ण अपाङ्गता भएका लाभग्राही, अति असक्तता भएको प्रमाणित भएका लाभग्राहीहरुको हकमा सामाजिक सुरक्षा भक्ता वितरण गर्दा बैंक र गाउँपालिकाको समन्वयमा सेवाग्राहीको घरदैलोबाट सामाजिक सुरक्षा भत्ता वितरण व्यवस्था मिलाईने पञ्जिकरण शाखाले जानकारी दिएको छ ।
आर्थिक वर्ष ०७७।०७८ को पहिलो किस्ताबाटै लागु हुँने गरी आज सम्झौता गरीएको कार्यबाहक अध्यक्ष बिस्नु थापाले बताउनु भएको छ ।