कार्तिक १ हुम्ला । जिल्लाकै ध्यान केन्द्रीत भएका अदानचुली गाउँपालिकामा घटेका घटनाहरुको बिधिगत रुपमा समाधान भएको छ । गत जेठ देखी सुरु भएका बिभिन्न घटनाहरुको एक खाले राजनितिक सहमती सहित सम्पुर्ण बिबादहरु टुंगिएको छ । गएको साउन महिनामा एक हप्तामा ७ वटा मुद्धा दर्ता भएका थिए त्यो सँगै सुर्योदय माध्यामिक बिद्यालयमा रहेको क्वारेनटाईनबाट सुरु भएका बिभिन्न बिबादहरुलाई लामो समयको प्रयास पश्चात आज देखी समाधान भएको बताउँदै नेपाल कम्युनिष्ट पार्टी नेकपा अदानचुली गाउँकमिटिका सचिब बुध भण्डारी……………….
केहि युवाहरुको बिचमा भएको बिबादले अन्तत पाटीगतरुपमा परिणत भए तत्पश्चात सबै मुद्धाहरु जिल्ला प्रहरी कार्यालय सहित जिल्ला अदालत सम्म पुगे पछि ति युवाहरुले निकै दुख पाएको महशुस भए पछि जिल्लामा गई मिल्नु भन्दा गाउँमै मिलाउनु राम्रो हुँने सबैबाट सुझाब आए पछि सहजरुपमा समाधान गरेको बताउँनु हुँन्छ नेकपा प्रदेश कमिटिका सदस्य समेत रहेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा……………..
पिडित पक्षहरुलाई न्याय दिलाउने उद्देश्यले करिब १ हप्ता लामो छलफल पश्चात सम्पुर्ण बिबादहरु समाधान भएको गरेको नेपालि कंग्रेश जिल्ला पाटी सचिब मोहन बिक्रम सिंहले बताउनु भएको छ । उहााका अनुसार अब दशै लगत्तै पिडित र पिडक पक्षहरु सिमकोटमा गई मुद्धा फिर्ता लिने सहमती भएको बताउनु भयो…………..
मुद्धा दर्ता देखी अहिले सम्मको अबस्था आउन्जेल सम्म राम्रो सँग नियालेर हेरेको थिए,उनिहरुको दुख र खर्च देख्दा आत्मगलानी भएर आउँदा खेरी कुनै हालतमा पनि मिल्नुको बिकल्प नभएको बताउनु हुँन्छ मध्यस्तताको जिम्मेवारी समाल्नु भएका बरिष्ठ पत्रकार तथा रेडियो श्रीनगरका सञ्चालक समितिका अध्यक्ष नबराज महतारा…………….