मुगुका मन्दिरको जग्गामा भूमाफियाको चलखेल


खड्क सुनार

मुगु । हिमाली जिल्ला मुगुका मन्दिरका नाममा भएको वग्गामा समेत भूमाफियाको चलखेल शुरु भएको छ ।

जिल्लाको सदरमुकामको (बीच) मुटुमै रहेको प्रसिद्ध धार्मिक स्थल कालिमा मालिका मन्दिरको नाममा रहेको जग्गा दिन९प्रतिदिन तीव्र रुपमा अतिक्रमण भएपछि यस्तो तत्थ्य खुलासा भएको हो ।

\कालिका मालिका मन्दिरको नाममा २०५२ सालमा सञ्चालन भएको नापीमा रहेको किता नम्बर १२ को २ हजार २ सय ४८ क्षेत्रफलमा रहेको जग्गा पछिल्लो समयमा मन्दिरको जग्गा नजिकै दिन९प्रतिदिन निर्माण भैरहेका घर९जग्गा धनीहरूले अतिक्रमण गरिरहेका छन् ।sharethis sharing button

हालको जिल्ला समन्वय समितिको कार्यालयदेखि, समन्वय क्याटरदेखि, राष्ट्रिय वाणिज्य बैंक, कर्ण रावलको घर लगायत वरिपरिको क्षेत्रमा रहेको चार किल्लाभित्र कालिका मालिकाको मन्दिर छ । साथै दमाया ढुक्सो, भिम सेन थान पनि यही जग्गाभित्र पर्छ । भूमाफियाहरू र २०५२ सालमा नापी गर्ने कर्मचारीहरूको मिलोमतोमा ९ रोपनीभन्दा बढिरहेको जग्गा अतिक्रमणमा परेको भु।पु शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले बताएका छन् ।

पहिला ९ रोपनी ४ हजार क्षेत्रफलभन्दा बढी थियो, पछिल्लो नापी भैसकेपछि मन्दिरको जग्गा अतिक्रमण गर्नेहरुको विवरणसहित मन्दिरको कागज पत्र रहेको रेकर्ड फाईलमा राखेको उनले बताए । मन्दिर व्यवस्थापन समितिले केही कुनै पहल वा चासो नदेखाएको र पछि आउने समिति कडा भएपछि कुनै पहल हुन्छ कि भन्ने आश रहेको कालिका मालिका मन्दिरका पुजारी पूर्ण प्रसाद चौलागाईंले बताएका छन् ।

प्रकाशित मितिः     ११ कार्तिक २०७७, मंगलवार १९:३७  |