हुम्ला । कोरोना भाइरसका संक्रमण्का बीच बावतजावत बढ्ने भएपछि हुम्ला जिल्लाको अदानचुली र ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागी सिल गरेका छन् ।
यस क्षेत्रमा बिजया पुर्णियमा भब्य रुपमामनाउने भएकाले सो अवसरमा बाहिरबाट आउनेको संख्या बढ्ने र त्यसले संक्रमणको जोखिम देखिएपछि गाउँपालिका प्रवश गर्ने सबै नाकाहरु बन्द गरिएको गाउँपालिकाका अध्यक्षले बताउनु भएको छ ।
दुबै गाउँपालिकाको आ आफ्नो कार्यालयमा बसेको गाउँ कार्यपालिकाको बैठकले आ आफ्ना सिमा नाकाहरु सबै बन्द गर्ने निर्णण गरेको हो । गाउँकार्यपालिकाको निर्णय अनुसार देशमा कोरोना संक्रमण बढ्ने क्रमजारी रहेकाले आउँदै गरेको विजया पूर्णिमाको समय अवधिभर मानिसको भिडभाड बढी भएकोले आफ्ना माताहातका नाकाहरु बन्द गरीएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले जारी गरेको सुचनाको अभज्ञा गरेको पाइएमा कानुन अनुरुप कारबाही गरीने जानकारी दिए ।
उता ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले भने “बाजुरा जिल्लाको कवाडी नाका, मुगु जिल्लाको तिर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने सबै नाकाबाट पाँच दिनका लागी आवतजावत बन्द गरीएको बताउनु भयो ।
वर्षभरीको सबैभन्दा ठूलो मेला लाग्ने कोजाग्रत (कार्तिक) पुर्णिमाको समयमा अन्य जिल्लाबाट गाउँपालिका आवतजावत गर्नेको संख्या बढेसँग कोरोना संक्रमणको त्रास बढ्ने भएपछी यस्तो गरिएको बताएका छन् ।
गाउँ कार्यपालिकाको निर्णय अनुसार गाउँपालिकामा भएको प्रहरी चौकी,सबै वडा र नाकामा सूचना समेत जारी गरीएको छ ।