१६ गतेबाट सामुदायीक बिद्यालयहरु सञ्चालनमा ल्याउने


हुम्ला । अदानचुली गाउँपालिकाले १६ गतेबाट सामुदायिक बिद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

कार्तिक ११ गते बसेको गाउँ कार्यपालिकाको बैठक अनुसार गाउँपालिका भरिका सबै सामुदायिक बिद्यालयहरु खोल्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दल फडेराले बताउनु भयो ।

उहाँका अनुसार लामो समय देखी बिद्यालय बन्द रहेकाले यस गाउँपालिका स्थीत सम्पुर्ण सामुदायिक बिद्यालयहरु कार्तिक १६ गते देखी सञ्चालन गर्ने भएकाले नियमित रुपमा पठन पाठन सरु गर्न सम्पुर्ण सामुदायिक बिद्यालयहरुका शिक्षक÷क्रमचारीलाई आ आफ्नो बिद्यालयमा हाजीर भई बिद्यालय सञ्चालन गर्नको लागि पत्राचार गरेको बताउनु भयो ।

अध्यक्ष फडेराका अनुसार करिब ७ महिना सम्म बिद्यालय सञ्चालन नभएकाले बिद्यार्थीको पठन पाठन ठप्प भएकाले यसलाई साबधानीका अपनाई गाउँपालिका भरीका सबै बिद्यालयहरु सञ्चालन गर्ने बताउनु भयो ।

प्रकाशित मितिः     १२ कार्तिक २०७७, बुधबार २०:११  |