चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्थाले १३ औ सेवा केन्द्र अदानचुली गाउँपालिकामा बिस्तार(अडियो सहित)


कार्तिक २० हुम्ला । चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार देखी १३ औ सेवा केन्द्र बिस्तार गरेको छ ।

जुम्ला जिल्लामा प्रधान कार्यालय रहेको उक्त सहकारी संस्थाले हिजो एक कार्यक्रमको आयोजना गरी गरी कार्यालय उद्धघाटन सँगै १३ औ सेवा केन्द्र बिस्तार भएको घोषणा गरेको छ । अदानचुली गाउँपालिकाको भबन नजिकै रहेको महिला भबनमा कार्यालय राखीएको संस्थाका सञ्चालक समितिका सदस्य सुदर्शन काफ्लेले जानकारी दिनु भएको छ । शुक्रबार आयोजीत उद्धघाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दल फडेराले ५१ हजार १ सय २१ रुपैयाको ५ सय १० कित्ताको सेयर लिनु भएको छ यता वडा नम्बर १ का वडा अध्यक्ष रग थापाले ५० कित्ता,कार्यपालिकाका सदस्य लालपरु सुनार र मान बहादुर टमटाले ५०।५० कित्ता खरीद गर्नु भएको सहकारी संस्थाले जनाएको छ ।

प्रकाशित मितिः     २२ कार्तिक २०७७, शनिबार ०९:०९  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *