हुम्ला पुगेका मुख्यमन्त्री शाही घोडाबाट लडे पछी उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लगियो


कार्तिक २२ हुम्ला । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भए पछी हेलीकप्टर मार्फत सुर्खेत लगिएको छ ।

शुक्रबार हिमाली जिल्ला हुम्ला पुगेका मुख्यमन्त्री शाही घोडा चढेर सिमकोट गाउँपालिका ३ को तोर्पा जाने क्रममा बीच बाघचाल्ना भन्ने स्थानमा घोडाबाट लडेका हुन् ।

कर्णाली प्रदेश सरकारले शुरु गरेको जनतासँग मुख्यमन्त्री भन्ने टेलिभिजन कार्यक्रमको छायांकनका लागि सिमकोट गाउँपालिका ३ को तोर्पा जान लागेका मुख्यमन्त्री शाही लडेर सामान्इ घाइते भएपछि हेलिकोप्टरबाट सुर्खेत ल्याइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरले जानकारी दिए ।

“बिहान कार्यक्रमका लागि गाडी र घोडाबाट मुख्यमन्त्री ज्यू तोर्पा जानु भएको थियो बीच बाटोमा स्वास्थ्य समस्या आएको भन्ने खबर आएपछि हामीले हेलिकोप्टर बोलाएका हौं,” प्रजिअ गिरिले भने, “घोडाबाट लडेको भन्ने खबर हामीकहाँ आएको छैन् । हेलिकोप्टरपनि सिधै बाघचाल्ना भन्ने स्थानजबाट सुर्खेत गएको हो ।”

सिमकोटबाट गाडीमा गएका मुख्यमन्त्री शाहीलाई आधाबाटो बाट घोडा चढाइएको थियो । उनले चढेको घोडा तर्सिदा लडेर घाइते भएको घटनास्थलमा भएका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अर्जुन बोहराले जानकारी दिए ।

मुख्यमन्त्री शाही सँगै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवनबहादुर शाही, नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसीलगायतका नेता तथा कार्यकर्ता टेलिभिजन कार्यक्रमको छायांकनका लागि तोर्पा गएका थिए ।

प्रकाशित मितिः     २२ कार्तिक २०७७, शनिबार १९:११  |