स्वास्थ्य शाँखाको बार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न


कार्तिक २४ हुम्ला । अदानचुली गाउँपालिका स्वास्थ्य शाँखाको बार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

स्वास्थ्य संयोजक हंस महताराको अध्यक्षतामा र गाउँपालिकाका अध्यक्ष दल फडेराको प्रमुख आतिथ्यमा गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार आज भएको वार्षिक प्रगती समिक्षा गोष्ठीमा अदानचुली गाउँपालिका भित्र रहेका २ वटा स्वास्थ्य चौकी र ४ वटै स्वास्थ्य ईकाईले हाल सम्म सम्पादन गरेका काम र त्यहाँ भएका समस्याको बारेमा छलफल गरीएको बताउनु भयो ।

हाल स्वास्थ्य संस्थाहरुमा के कती सामाग्रीहरु उपलब्ध छन् र के कती आबश्यक छन् भन्ने बारेमा समिक्षा गरीएको  छ । दुई सेशनमा सम्पन्न उक्त गोष्ठीमा कार्यक्रमलाई स्वागत गर्दै लौठी स्वास्थ्य चौकीका इन्चार्ज बिनोद बुढाले स्वास्थ्यक्रमी सहित स्वास्थ्य संस्थामा भएका आबश्यक कुराहरु उपलब्ध गराई दिन माग समेत गर्नु भयो ।

सोही अनुसार सबै स्वास्थ्य चौकीका ईन्चार्जहरुले आ आफ्नो स्वास्थ्य चौकीमा भएका सामाग्रीहरुको बारेमा जानकारी दिदै समस्या सहित आबश्यक सामाग्रीको बारेमा जानकारी गराएका छन् वडा अध्यक्षहरुले पनि स्वास्थ्य संस्थामा भएका गरेका गती बिधिहरुको बारेमा जानकारी गराएका छन् ।

गाउँपालिकाका अध्यक्ष दल फडेराले सानातिना समस्यालाई कुनै पनि समयमा औपचारीक अनौपचारीक ढंगले त्यहाँका ब्यबस्थापन समिति र ईन्चार्जले गाउँपालिकामा जानकारी गराई समस्या समाधान गर्ने बताउनु भयो ।

अध्यक्ष फडेराले भने “केहि ठुला भौतीक पुर्वाधार लगायतका कुराहरुमा भने गाउँकार्यपालिकामा ब्यापक छलफल गरेर कुनै पनि हालतमा स्वास्थ्य संस्थाहरुलाई मझभुत बनाउँछौ । अहिले बिस्व माहामारीको चपेटामा परेकाले फेरी पनि पिसिआर गर्नु पर्ने अबस्था आएकाले सरसल्लाह भैरहेकोे छ । हामीले गरेको काम प्रतिनै सन्तुष्ट नभएको बताउँदै अब हामी सबैले आ आफ्नो क्षेत्रबाट लाग्नु पर्ने छ”।

बार्षिक समिक्षा गोष्ठिमा सबै स्वास्थ्य संस्थामा हाल सम्म भए गरेका पोषण खोप,औषधी लगायत सम्पुर्ण कृयाकलापको बारेमा छलफल गरीएको छ । वडा नम्बर ६ का वडा अध्यक्ष बाहेक सबै वडाका वडा अध्यक्षहरु सबै स्वास्थ्य संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः     २४ कार्तिक २०७७, सोमबार १९:१८  |