सुधारीएको चुलो बितरण गर्दा स्थानीय खुसी(फोटो सहित)


कार्तिक २८ हुम्ला । पहिलो पटक वडाका सबै नागरिकलाई पुग्ने गरेर सुझारिएका धुँवा रहित चुल्हो वितरण भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।
हामी सबै वडावासीलाई एकै समयमा पुग्ने गरेर यति धेरै मात्रामा काम भएको भनेको यो पहिलो पटक भएको भन्दै स्थानीय नागरिकले खुशी व्यक्त गरेका छन् । यस अघि उक्त वडामा हिमाली दृघायु नामक संस्थाले २०।२५ वटा जती बितरण गरेको थियो ।

यती बेला हुम्ला जिल्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिका वडा नम्बर १ ले २४० वटा सुधारिएका चुल्हा वितरण गरेको छ । सरकारलै अघि सारेको दिगो विकास लक्ष्य अनुसार गाउँपालिकालाई आगामी तीन वर्ष भित्रमा धुँवारहित गाउँपालिका घोषणा गर्ने योजना अनुसार यस गाउँपालिकाको वडा नम्बर १ ले वडाका सबै घुरधुरीलाई पुग्ने गरेर सुधारिएको फलामे चुल्हो वितरण गरेको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।

अदानचुली गाउँपालिका १ नम्बर वडा कार्यालय, खानोपनी, सिंचाई तथा जलस्रोत कार्यालय हुम्ला र वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रको संयुक्त पहलमा आफ्नो वडा भित्र रहेका तीन गाउँका प्रत्यक घरधुरीलाई सुधारिएको चुल्हो वितरण गरेकोे अदानचुली १ का वडा अध्यक्ष रग्या थापाले बताउनु भयो ।

पालिकाले हरेक वर्ष किषानसँग वडा अध्यक्ष शिर्षकमा विनियोजन गरेको बजेट र अन्य विभिन्न निकायसँगको सहकार्यमा सुधारिएका चुल्हो खरिद गर्ने कार्यलाई अघि बढाएको उल्लेख गरेका वडाअध्यक्ष थापाले वडाका सबै घरलाई धुवाँरहित चुल्हो वितरण गरेर निकट भविष्यमै धुवाँरहित वडा घोषणा गर्ने बताए ।

चुल्हो वितरण कार्यमा वडालाई सहयोग गर्ने सबै निकाय र ब्यक्तिलाई धन्यवाद दिएका थापाले गएको आर्थिक वर्षको वडाको चार लाख रकम लगाएको र केही रकम दिन बाँकी रहेको बताउँनु भयो ।

हामीले गत आर्थिक वर्ष ०६७।०७७ को किषान सँग वडा अध्यक्ष कार्यक्रमबाट ५ लाख रकम र खानेपानी, सिंचाई तथा जलस्रोत कार्यालयको साढे ५ लाखको लागतले चुल्हो खरिद र ढुवानी गर्ने काम भएको हो । अपुग रकम चालू आर्थिक वर्षको कार्यक्रमबाट समेत व्यवस्था गर्ने जानकारी दिएका उनले सबै सरोकारवाला निकायसँगको समन्वयमा वडालाई धुँवारहित मुक्त वडा घोषणा गर्ने जानकारी दिए ।

प्रति चुल्हो खरिदमा नौं हजार पर्ने भएपनि वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रको ५० प्रतिशत ९ लाख ४५ हजार अनुदानमा उक्त चुल्हो खरिद गरिएको हो । काठमाडौंमा तयार भएका चुल्हो नेपालगञ्ज सुर्खेतबाट बाजुरा हुँदै स्थलमार्गबाट बुधबार वडामा पुगे सगत्तै सबै घुधुरीलाई बोलाएर बितरण गर्न सुरु गरी तिन दिन लगाएर शुक्रबार बिहान सम्पन्न गरेको सोही वडाका वडा सदस्य वर्ष महताराले बताउनु भयो ।

प्रकाशित मितिः     २८ कार्तिक २०७७, शुक्रबार ०८:५९  |