तेस्रोपटक शैक्षिक संस्था बन्द : तीनदिनका लागी दुई गाउँपालिका आवतजावतमा रोक


आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितीको बैठकले भोलिदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्यनाकाहरुमा सुरक्षा चेकजाँच कडाइ गरिने भएको छ । लामोको समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका जिल्लाभरका शैक्षिक संस्था बन्द हुने निर्णयले विद्यार्थीलाई समस्या बनाउने भएको छ ।

जिल्ला सरदमुकाम सिमकोट सञ्चालित बालगृहहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड लाई पूर्ण पालना गर्नु साथै कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मङ्सिर ४ गते देखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै शैक्षिक संस्थाहरुमा अर्को व्यवस्था नहुँदा सम्मका लागी पठन पाठन बन्द गरिने भएको छ । सम्बन्धित गाउँपालिकाहरुले आफ्ना माताहतका सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन कार्य बन्द गराउनुका साथै बन्द भए नभएको अनुगमन शिक्षा विकास तथा समन्वय इकाई समित र गाउँपालिकाले गर्ने भएका छन् ।

नाम्खा र सिमकोट गाउँपालिकामा आवतजावतमा तीनदिनका लागी बन्द गर्ने निर्णय गरेको छ । उत्तरी नाम्खा गाउँपालिकामा पाँच दिनको अवधिमा ५६ जना कोरोना संक्रमित भेटिएपछि जिल्ला कोभिड १९ व्यवस्थापन समिती तातिएको छ ।

जिल्लाको उत्ती नाम्खा गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेका यसको नियन्त्रण तथा रोकथाममा लागी स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका सातवटै स्थानीय तह सँग समनवय गरेर परिक्षणको दायरालाई बढाउनुका साथै भिडभाड बढी हुने र सम्पर्कमा आउने व्यक्तिहरुलाई प्रथामिकताका साथ परिक्षण गरीने भएको हो ।

कोरोना लक्षण सहित सिकिस्त विरामीलाई सुविधा युक्त अस्पताल सम्म पुराउनको लागी कर्णाली प्रदेश सरकारलाई हेलिकप्टोरको व्यवस्थाका लागी आग्रह गरीने भएको प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरिले बताउनुभयो ।

जिल्लामा रहेका दुईवटा भेन्टिलेटरले अपुग हुने भएकाले थप दुईवटाको प्रदेश सरकारलाई माग गरीने भएको छ । यस्तै सिमकोट गाउँपालिकाले क्वारेन्टाइन व्यवस्था गर्ने, जिल्ला स्तरको आइसोलेसन र १० सिट क्षमताको क्वारेन्टाइनको व्यवस्था सिमकोट स्थित रानिवनमा रहेको साविक चिता अस्पतालको घरलाई भाडामा लिएर जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले अन्तरगत रहने गरी स्वास्थ्य सेवा कार्यालयले व्यवस्था गर्ने निर्णय गरेको गरिएको छ, भने प्रत्येक गाउँपालिकामा ५ सिट क्षमताको आइसोलेसन र १५ सिट क्षमताको क्वारेन्टाइनको व्यवस्था गरीने भएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्यामा भयावह हुने अवस्थामा सिर्जना भएको खण्डमा जिल्लामा उपलब्ध स्वास्थ्यकर्मीबाट अपुग भएमा थप स्वास्थ्य जनशक्तिका लागी प्रदेश सरकारलाई माग गरीने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गिरीले बताउनुभयो । यदि जिल्लाका सातवटै स्थानीय तहमा कोरोना संक्रमणबाट मृत्युभएको खण्डमा अन्त्येस्टिको व्यवस्था सम्बन्धित पालिकालाई गर्ने जिम्मेवारी दिएको प्रमुख जिल्ला अधिकारी गिरीले बताउनुभयो ।

नेपालगन्ज सुर्खेतबाट आएका यात्रुहरुको ज्वरो मापन गर्नका लागी सिमकोट विमानस्थलमा राखिएको हेल्थ डेस्कलाई थप व्यवस्थित गरेर आगामी दिनमा सञ्चालन गरीने भएको छ । नेपालगन्ज, सुर्खेतबाट हवाई माार्ग भएर सिमकोट पुगेका यात्रुहरुले कोरोना संक्रमण नभएको नक्कली रिर्पोट ल्याएको पाइएमा कोरोना संक्रात्मक रोग ऐन २०२० अनुसार कारबाही गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गिरीले बताउनुभयो ।

प्रकाशित मितिः     ३ मंसिर २०७७, बुधबार १८:५७  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *