बैहिनीको हातबाट टिका थाप्न गएका रत्नपुर सुनार घर फर्किने क्रममा बाटोबाट खसेर मृत्यु


मंसिर ३ हुम्ला । बैहिनीको हातबाट टिका लगाउन गएका रत्नपुर सुनार घर फर्किने क्रममा बाटोबाट खसेर मृत्यु भएको छ ।

मंसिर १ गते हुम्लाको अदानचुली गाउँपालिका २ का पैतासि बर्षिया सुनार अदानचुली ६ को लमहिमा बैनिको हातबाट टिका थाप्न गएका थिए उनि १ गते उतै बसेर टिका थापेका सुनार २ गते साँफ ५ बजे तिर घर फर्किने क्रममा गाउँ नजिकैको भिरबाटोमा आउने क्रममा बाटोबाट करिब ५० मिटर भन्दा धेरै खसे पछि घटनास्थलमै मृत्यु भएको हो ।

लमही गाउँमा रहेकी बहिनी प्रेमकला टमटा र जानकला टमटाले टिकाको निम्तो दिए पछि उनि त्यहाँ गएका मृतकका बुवा पठाने सुनारले बताउनु भयो । यति बेला घर जान नहुँने भन्दै बैनिहरुले नजान आग्रह गरे पनि मृतक सुनारले नमाने पछि साँझ अबेर तिर फर्किएका तर उनको मृत्युको खबर भने राती ९ बजे मात्र खबर आएको ज्वाई बिस्नु टमटाले बताए ।

त्यहाँबाट एक्लै फर्केका उनि घटनामा परि सके पश्चात त्यहाँ स्थानीयले प्रहरी चौकी श्रीनगरलाई खबर गरे पछि आफन्त सँगै प्रहरी घटनास्थलमा पुगेर आज बिहान घटना स्थलमुचुल्का गरी गाउँमा ल्याएको प्रहरी चौकी श्रीनगरले जनाएको छ । तर उनि एक्लै भएकाले घटना कसरी भएको हो भन्ने अहिले सम्म कोही कसैलाई पनि थाहा नभएको बताएका छन् मृत्यु घटना स्थलमै भए पनि प्रहरी चौकीमा जाहेरी भैसके पछि पोष्टमाटमको लागि अनिवार्य सिमकोट अस्पताल वा बाजुराको कोल्टी अस्पतालमा लिनु पर्ने कानुनी ब्यबस्था भएकाले अहिले अबेर ति बाजुराको कोल्टीमा लगिएको श्रीनगर प्रहरी चौकीले जनाएको छ ।

७० वर्ष कटेका बुवा आमाले आफ्नो छोरालाई यतै दाहसंस्कार गर्ने भन्दै दिन भर प्रहरी चौकीमा दबाब स्वरुप धर्ना दिए पनि जिल्ला प्रहरी कार्यालयबाट पोष्टमाटम नगरी अन्तीम दाहसंस्कार नगर्न निर्देशन दिए पछि कोल्टी लगिएको छ । पोष्टमाटमको लागि करिब ५०।६० हजार सम्म खर्च लाग्ने तर उनि अतिगरिबका साथै दलित भएकाले पोष्टमाटम खर्च यहाँ स्थानीय सरकारले कुनै पनि शिर्षकमा मिलाउने गरी खर्चको ब्यबस्था गरीएको वडा नम्बर २ का वडा अध्यक्ष दल बहादुर बुढाले बताए ।

प्रकाशित मितिः     ३ मंसिर २०७७, बुधबार १७:३२  |