जिल्लाको तल्लो क्षेत्र पुन सञ्चारबिहिन


कार्तिक ४ हुम्ला । हुम्ला जिल्लाको तल्लो क्षेत्र पुन सञ्चारबिहिन भएको छ ।

करिब १ महिना सम्म सञ्चारबिहिन भएका यहाँका नागरीकहरुले १ हप्ता मात्र सञ्चार सेवा पाएका यहाँका नागरीकहरु पुन सञ्चारबिहिन भएका हुँन् जिल्लाको तल्लो क्षेत्रमा भएका ४ वटा टावर मध्ये अहिले श्रीनगरमा रहेको टेलीकमको टावरले मात्र सामान्य काम गरीरहेको छ भने कालीका र मेल्छाममा रहेका दुबै टावरहरुले कुनै पनि काम नगरेको त्यहाँ स्थानीयहरुले खबर पठाएका छन् चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले सामाजीक सञ्जालको फेसबुक म्यासेन्जर मार्फत हामीहरु कतिन्जेल सम्म सञ्चार बिहिन हुँने हौँ भन्दै सबै निकायलाई हार गुहार गरे पनि एक हप्तालाई मात्र काम गरेको बताउनु भयो ।

जिल्ला सदरमुकाम हुम्लामा रहेको नेपालटेलीकमको कार्यालय देखी सुर्खेत,नेपालगञ्ज हुँदै काठमाडौमा रहेको मुख्य कार्यालय सम्म पनि आफुले पत्र पठाएको तर उक्त पत्रले १ हप्ताको लागि मात्र काम गरेको बताउनु भएको छ । उनले भने नेपाल टेलीकमले केन्द्रैबाट सेटीङ्मा समस्या भएको भन्दै सटिङ् गरेपश्चात १ हप्ता बनेको थियो तर अहिले हामी सबै गाउँपालिकाबासी सञ्चारबिहिन भएका छौ ।

उता कालीकामा भएको टावर बिग्रेको त करिब २ महिना पुग्न लागेको छ । मुगु जिल्लाको सोरु गाउँपालिकामा रहेको टावर पनि पुर्णरुपमा काम नगर्ने भए पछि राती ३ बजे देखी ४ बजे सम्म फोन गर्न बाध्ये भएको जनज्योति माध्यामिक बिद्यालयका लेखापाल नरजाङ शाहीले गुनासो गर्नु भयो उनले भने यतिबेला कक्षा ११ र १२ को परिक्षाका पनि थुप्रै कामहरु छन् यता सिभिल इन्जिीनिएरको नयाँ भनाको समय पनि यती बेलै भएको तर टेलीफोन नभएकै कारण कागजात बोकेर जिल्ला सदरमुकाम गमगढी जान लागेका छौ । उहाँका अनुसार बिद्यालयमा भएको ईन्टरनेट पनि यती बेलै बिग्रेकोले सञ्चार क्षेत्रबाट पुर्ण रुपमा सञ्चारबिनि भएको बताउनु भएको छ ।

प्रकाशित मितिः     ४ मंसिर २०७७, बिहीबार १८:४८  |