मंसिर ७ सिमकोट । हुम्ला जिल्ला अस्पतालमा कार्यरत एकजना डाक्टरलाई कोरोना संकमण देखिएपछि अस्पतालमा इमरजेन्सी र सुत्केरी सेवा बाहेक अन्य सबै सेवा बन्द गरीएको छ ।
अस्पतालका आकस्मिक सेवा र सुत्केरी सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरीता बोहराले जानकारी दिनु भयो । डाक्टरलाई कोरोना संकमण देखिएपछि प्रशासनले सूचना टाँसेर अस्पताल सिल गरिएको छ ।
जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरिएको छ ।
सिनियर अनमी बोहराले सामाजीक सञ्जाल फेसबुक मार्फत हुम्ला जिल्ला अस्पतालमा कार्यरत एक जना डाक्टरमा कोभिड १९ पोजेटीभ देखीएकाले अर्को सुचना जारी नहुँदा सम्म आकस्मीक सेवा र सुत्केरी सेवा बाहेक अन्य सबै सेवा बन्द गरीएको जानकारी गराईन् ।