कृषि बिकास कार्यालय हुम्लाको मुल गेटमा भेट्टीएका २ वटा स‌कास्पद बस्तु बम भएको पुष्टी, पुष्टि भए लगत्तै नेपाली सेना द्धारा निष्कृय


मंसिर ७ सिमकोट । जिल्लाको कृषि किास कार्यालयको मुल गेटमा राखीएका २ वटा बम नेपाली सेनाको डिस्पोजल टोली द्धारा निष्कृय पारीएको छ हुम्लाको सिमकोट गाउँपालिका ६ माथिल्लो लोकतान्त्रीक चोकस्थीत रहेको कृषि विकास कार्यालयको मुलगेटमा आज बिहान संकास्पद भनिएका २ वटा बस्तु एक वटा बाल्टिन बम र अर्को सकेट बम रहेको प्रहरीको टाेलीले पुष्टि गरेको छ ।

कृषि विकास कार्यलयका कार्यलय सहयोगी रामदल राउतले भने म बिहान कार्यलय खोल्न गए कार्यालयको मुलगेटै अगाडि दुई शंकास्पद वस्तु देखे देखे लगत्तै मैले जिल्ला प्रहरी कार्यलय लाई खबर गरेको बताए ।

उक्त खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक सुर्यप्रकाश सुवेदी सहितको टोलि शसक्त प्रहरी वल र नेपाल सेनाको टोलीले निरीक्षण गर्दा एक वटा बाल्टिन बम र अर्को सकेट बम रहेको प्रहरीले पुष्टि गरे पछि उक्त बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेका प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

प्रहरी नायब उपरीक्षक सुवेदीका अनुसार जिल्लामा थप सुरक्षा व्यवस्था कडा बनाइएका बताउनु भयो । कार्यालयमा भेटिएको शंकास्पद बम लाई सुरक्षा निकायले सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को खुला क्षेत्रमा ल्याएर डिस्पोजल गरिएको छ ।

प्रकाशित मितिः     ७ मंसिर २०७७, आईतवार १३:२०  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *