दाउ हेरेका लामाले फेरी छक्याए हुम्लीलाई (विज्ञप्तीसहित)


पुष ११ काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्री पदको संझौता गरेका हुम्लाका छक्कबहादुर लामाले मन्त्री पद नपाएपछि फेरी प्रधानमन्त्री ओलीलाई छक्याएका छन् । पटक पटक पटक दाउको राजनिति गर्दै आएका प्रतिनिधि सभा सदस्य छक्क बहादुर लामा पाटीको आधीकारीक टिकट नपाए पछि स्वातन्त्रबाट बिजय भएका थिए । ओलीले शुक्रबार हेरफेर गरेको मन्त्री मण्डलमा आफू नपरेपछि त्यसको भोली पल्टै लामाले ओलीको केन्द्रिय सदस्य पद त्याकेर प्रचण्ड पक्षमा उभिएको बताए ।

आज (शनिबार) एक विज्ञप्ती जारी गर्दै लामाले आफूले ओलीको कित्ता छोडेको स्पष्ट पारेका छन् । मन्त्री परिष्दकाहेरफेरमा आफूले जिम्मा नपाएपछि ओली प्रति अक्रोसित भएका लामाले ओली नेतृत्वको केन्द्रिय महाधिवेशन आयोजक कमिटिको सदस्य परित्याक गरेको उल्लेख गर्दै २०४८, २०७४ सालमा हुम्लाका नागरिकले दिएको मतप्रति आभार व्यक्त गरेका छन् ।

पूर्वमाओवादीका तत्कालिन सल्लाहकार सदस्य समेत रहेका लामालाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल लगायतका केही नेताले मन्त्री बनाउने आश्वाशन दिए पछि उनी यही पुस ६ गते प्रचण्डको साथ छोडेर ओली पक्षमा गएका थिए ।

कहिले पाटीलाई त कहिले जनतालाई छक्याउँदै आएका लामाले नेतालाई समेत छक्याएका छन् उनले ६ दिनको समय ओलीमा रहे पछी हुम्ली जनतालाई छक्याएका थीए भने आज फेरी एकाएक माधब प्रचण्ड समुहमा जाँदा फेरी पनि नेता तथा कार्यकर्तालाई छक्याएका छन् ।

प्रकाशित मितिः     ११ पुष २०७७, शनिबार १५:५९  |