ताँजाकोटले १७ वटै बिद्यालय माघ १५ बाट सञ्चालनमा ल्याउदै ।


काली बहादुर थापा
ताँजाकोट गाउँपालिकामा सबै सामुदायीक बिद्यालयहरु माघ १५ गतेबाट सञ्चालनमा आउने भएका छन् ।

ताजाँकोट गाउँपालिकाले आज एक सुचना जारी गर्दै गाउँपालिका भित्र रहेका १७ वटै बिद्यालयहरु माघ १५ गतेबाट सञ्चालनमा ल्याउने भएकाले प्रमुख प्रशासकिय अधिकृत लाल प्रशाद ढकालले जानकारी दिनु दिनु भयो ।

उहाँका अनुसार मंसिरबाट सञ्चालनमा ल्याएको भएता पनि बिचमा एक जना शिक्षकलाई कोरोना संक्रमण देखीए पछि मंसिर २४ गते बसेको गाउँ कार्यपालिकको बैठकले सबै बिद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

अहिले आएर कोरोना सामान्य अबस्थामा आई सके पश्चात बन्द रहेका सबै बिद्यालयहरु माघ १५ गतेबाट सञ्चालनमा ल्याउने निर्णय भएको बताउनु भएको छ ।

प्रकाशित मितिः     १२ माघ २०७७, सोमबार १८:३०  |