ताँजाकोट गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न


काली बहादुर थापा

हुम्लाको ताजँकोट गाउँपालिकाको हिउँदे गाउँ सभा सम्पन्न भएको छ । ताजँकोट गाउँपालिकाको सभाहलमा गाउँपलिकाका अध्यक्ष बागदल मल्लको अध्यक्षतामा आठौ गाउँ सभा सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत लाल प्रशाद ढकालले जानकारी दिए ।

अधिकृत ढकालले भन्नुभयो, “शनिवार सम्मपन्न भएको आठौ गाउँ सभाले ऐन कानुन बनाउन र पास गर्नु पर्ने, केही नभएकाले प्रदेश सरकारसँग समपुरक र बिशेष अनुदानहरु माग गर्ने, र विभिन्न निकायहरुसँग योजनाहरु माग गर्ने निर्णय भएको छ” ।

यसअघिको सातौ गाउँसभाले कोभिड १९ को लागि रु एक करोड रकम विनियोजन गरेकोमा उक्त रकमलाई स्थानीयको आवश्यकताको आधारमा विनियोजन गर्ने निर्णय भएको अधिकृत ढकालले बताए ।

कोरोना भाईरस कोभिड १९ सँग लड्नको लागि रु एक करोड रुपैया विनियोजन गरे पनि हाल त्यसमा खर्च गर्न उपयुक्त नदेखीएकाले उक्त रकमलाई अन्य योजनाहरुमा विनियोजन गर्नको लागि बाटो खुलाभएको छ ।

यस वर्षको वर्षाले विभिन्न बाटोघाटो पानी पँधेराहरुमा स्थानीय आवश्यकता हेरी बजेट विनियोजन गर्ने निर्णय सहित हिउँदे गाउँ सभा सम्पन्न भएको छ ।

प्रकाशित मितिः     १२ माघ २०७७, सोमबार १८:१५  |