असम्वैधानीक संसद विगठनका विरुद्ध प्रचन्ड नेपाल समूहद्धारा पत्रकार सम्मेलन(अडियो सहित)


माघ १६ हुम्ला । असवैधानीक संसद विगठनका विरुद्ध प्रचन्ड नेपाल पक्षको समूहले आज पत्रकार सम्मेलन गरेको छ । पार्टीले वर्तमान अवस्थाको बारेमा गरेको असम्वैधानिक संसद विगठनका विरुद्ध आफ्नो समूहलाई विभिन्न कृयाकलाप र परेको असहज्ताका बारेमा जिल्लाका कृयासिल पत्रकारहरुलाई उपस्थिीत गराई भेडघाट कार्याक्रम राखिएको थियो । प्रधानमन्त्रि केपी सर्मा वली पक्षेले गरेका विभिन्न कृयाकलापको असहमति जनाउँदै संसद पनर वाहली लगायतका विषयमा प्रचण्ड नेपाल पक्षेका नेताहरुको भनाई रहेको छ ।
हुम्ला जिल्लामा प्रचण्ड नेपाल समूहले अवको बर्तमान अवस्थामा जिल्लाका सवै गाउँपालिकामा रहेको जनताको संरक्षणका लागि सहयोग समर्थन गर्ने नेकपाले जानकारी गराएको थियो । अधुरा शासन व्यवस्था परिवर्तनका विविध विषय र पार्टिले गरेका गतिविधका बारेमा भेटघाट कार्यक्रममा प्रस्ट गरिएको थियो । यो देशका नागरिक र जनताको समृद्धि, विकास निकास रक्षा र जनजिविकासंग जोडिएर आफ्नो कृयाकलापलाई स्थापित गर्दै नेपालमा कम्यनिस्ट पार्टीको उदय जग स्थापना गर्नु पर्ने भूमिको रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष लालकेस जैसिले बताउँदै भन्नु भयो ।…………………….
लालकेस जैसिल

भावि दिनहरुमा हुम्ला जिल्लालाई कुन अवस्थामा लिने र कस्तो बनाउने भन्ने सवैमा चासोको विषय रहेकोले जिल्लाका सम्पुर्ण जनताले सहकार्य गर्न जरुरत देखिएको नापल कम्युनिष्ट पाटी नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी प्रतिरोधले बताउनु भयो । उहाँले भन्नु भयो प्रधानमन्त्रि वली भनेको एउटा सुकेको रुख हो, यसलाई ढाल्नका लागि आफ्नो पार्टीले विभिन्न किसिमका विरोध, रु्याली, नाराजुलुस जस्ता कृयाकलाप गर्दै आएको केन्द्रिय सदस्य भण्डारीले बताउँदै भन्नु भयो ।….
विजय भण्डारी

नेकपाले गरेका कार्यका बारेमा पत्रकारहरुले सुझाव दिनका लागि समेत सो कार्यक्रम राखिएको नेकपा स्रोतले जनाएको छ । कार्यक्रममा देश अनिश्चितता तिर धकिली रहेको आपत्ति जनाउँदै प्रचण्ड नेपाल समूले आज पत्रकार भेटघाट तथा सम्मेलन कार्यक्रममा सो कुरा बताएको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार छिरिंग दोम्दोल लामा, प्रदेश निर्वाचन क्षेत्र कमिटि ख का सचिव तिर्थराज रोकाया, लगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रम दिउसो १ वजे हुम्ला रिर्सोट होटेलमा सञ्चालन भएको थियो ।

प्रकाशित मितिः     १६ माघ २०७७, शुक्रबार २०:०६  |