सोरु गाउँपालिकाको सातौ गाउँ सभाको उद्धघाटन


काली बहादुर थापा
माघ १६ मुगु । सोरु गाउँपालिकाको सातौ गाउँ सभाको शुक्रबार उद्धघाटन भएको छ ।

मुगु जिल्लाको उत्तरी क्षेत्रमा रहेको उक्त गाउँपालिकाले शुक्रबार गाउँ सभाको उद्धघाटन गरी शनिबार सम्पन्न गर्ने भएको प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र बहादुर मल्लले बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष लोक बहादुर शाहीकोअध्यक्षतामा तथा पुर्व संबिधान सभा सदस्य नवराज धामीको प्रमुख आतिथ्यमा आज खुला सत्र सम्पन्न भएको बताउँदै शनिवार बिहान १० बजे बन्द सत्र हुँने भएको बतउनु भयो।

बिशेष गरी हिउँदे गाउँ सभामा ऐन तथा बिद्येयक तथा कार्यबिधिहरु पास गर्ने र खर्च हुँन नसकेका केही रकमहरु रकमान्तर गर्ने तिर गाउँ सभा केन्द्रीत हुँने सोरु गाउँपलिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र बहादुर मल्लले बताउनु भयो । उहाँले भन्नु भयो हिउँदे गाउँसभा भनेको बिशेष गरी बिधायन सभा भएकाले यती बेला हामीले स्वास्थ्य,कृषि रभेटेनरी लगायतका कानुनहरु पास गर्नु पर्ने भएकाले सोही बिषयमा गाउँ सभा केन्द्रीत हुँने बताउनु भयो ।

शनिवार हुँने बन्द सत्रमा यस आर्थिक वर्षको प्रथम चौमाषिकमा भएको खर्च निकासा तथा आय ब्याय सहित निति तथा कार्यक्रम उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बम बाट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ शुक्रबार सम्पन्न खुला सत्रमा ११ वटै वडाका वडा अध्यक्ष कार्यपालिकाका सदस्य सहित गाउँसभाका सदस्यहरु र अन्य स्थानीय नागरीकहरुको पनि उपस्थित रहेको पनि बताउनु भएको छ ।

प्रकाशित मितिः     १६ माघ २०७७, शुक्रबार २१:२९  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *