काली बहादुर थापा
माघ १६ हुम्ला । दलितहरुको हक र अधिकारको लागि भन्दै हुम्लाको सर्केगाड गाउँपालिकाका सम्पुण दलितहरुले गाउँपालिका भरी र्याली गरेका छन् ।
सर्केगाड गाउँ पालिकामा रहेका सम्पूर्ण दलितहरुले आफ्नो हक अधिकारको संरक्षण गर्न र सरोकारवालाहरुलाई नेपालको संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वय गराउनको लागि गाउँपालिका स्तरीय आम भेलाको आयोजना गरी यस्तो निर्णय गरेकोे वडा न. ७ का नन्दलाल वि.क.ले बताए ।
उनले भने“यो विशाल ¥याली कुनै राजनिक आस्थाका आधारमा नभई दलितका समग्र अधिकार संरक्षण र उपभोगको लागि सरोकारवालाहरुलाई ध्यान आकर्षण गराउन र दलितहरुलाई जागरण गराउनको लागि गरेका हौं ” ।
र्यालीमा सहभागी सर्केगाड ४ का वडा सदस्य धन सुनारले पनि दलितहरुका अधिकार नेपालको संविधान र कानुनमा स्पस्ट रुपमा लेखीएको भएपनि हाम्रो समाजमा पटक्कै लागु नभएको प्रति दुखेसो ब्यक्त गरे उन भने“गाउँपालिकामा अहिलेसम्म एक जना दलित कर्मचारी छैन्,उपभोक्त समितिको मुख्य पोष्टमा दलित छैन, संघ संस्थामा दलित छैन यस्ता सम्पूर्ण क्षेत्रमा सहभागिताको सुनिश्चितता गराउनको लागि हामीले लगभग ३०० जना जति दलितहरुको उपस्थिति गराएर आम भेला सहित र्याली गरेका छौं ।”
सर्केगाड ६ का औंसे वि.क.का अनुसार जुन पक्षले पनि दलितलाई काम लगाउनको लागि उत्प्रेरण दिने गरेको तर उपलब्धि हुँने समयमा दलितलाई कुनै वास्ता नगर्ने गरेकाले अव देखि दलितहरु एक जुट हुँन जरुरी भएको र दलितको हकहितमा सदैव खट्न सक्ने व्यक्तिलाई मात्र यो समितिको नेतृत्व दिनु पर्ने बताए ।
भेलाले धनलाल बिकको संयोजकत्वमा २५ सदस्यीय कार्य समिति,१९ सदस्यीय सल्लाहकार समिति,१७ सदस्यीय अनुगमन समिति र ८ वटै वडामा वडा समिति गठन गरेको दलित समुदायका अगुवा नन्दलाल बिकले बताए ।
सर्केगाडमा सम्पन्न उक्त भेला सहितको र्यालीले आफ्नो हक हितको लागि दलित एकता कायम राख्ने, सामाजिक, आर्थिक र राजनितिक अधिकारको लागि सम्बन्धित सरोकारवाला पक्षलाई ध्यान आकर्षण गराउने,नेपालको संविधान र अन्य निती तथा नियमावलीमा भएको दलित लक्षित सेवा सुविधाहरुको खोजी नीति गर्ने निर्णय पनि गरेको छ ।
यस्तै दलित लक्षित योजनाहरुको कार्यान्वयन गराउन पहल गर्ने,छुवाछुत र जातीय भेदभाव अन्त्यका लागि निरन्तर पैरवी गर्ने,कुनै क्षेत्रमा दलितको प्रतिनिधित्व (मूख्य पदमा) सुनिश्चितता गर्ने गराउने,उच्च शिक्षामा दलित बालबालिकाहरुको पहुँच सुनिश्चितता गराउने र स्थानीय स्तरको योजना तजुमा तथा नीति निर्माणमा लक्षित दलित लगायत लक्षित वर्गको सहभागिता बृद्धिका लागि पहल गर्ने निर्णय भएको किर्डाड नेपालका सर्केगाड शाँखा परियोजना प्रमुख मनलाल जैसीले बताउनु भयो ।