हुम्लाका कैदिबन्दीहरु ब्यक्तिगत खर्च गरेर औषधि उपचार गर्दै


नन्द सिंह
माघ १७ हुम्ला । जिल्ला कारागारमा रहेका कैदिवन्दीले व्यक्तिगत रुपमा औषधि उपचार गर्नु परेको गुनासो गरेका छन् । जिल्ला कारागार हुम्लामा रहेका कैदी वन्दीहरुले आफूलाई औषधोउपचार गर्न रकम आर्थिक अभाव भएको भन्दै यस्तो गुनासो गरेका हुन् ।

सर्केगाड गाउँपालिका–६ का धनलाल रोकायालाई जिल्ला अदालतबाट ०७७ मङ्सिर १८ गते ६ वर्ष कैद र २ लाख रूपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । तर फैसला भएको करीव २ महिना वितिसक्दा पनि आफुलाई हाल सम्म कारागार स्तान्त्रण नगरेको रोकायाले गुनासो गरे । उनले भने जिल्ला कारागारको भवन अभावमा प्रहरीको हिरसतमा बस्नु परेको छ ।

औषधि उपचारका लागि पनि आफैले आर्थिक खर्च गर्नु पर्ने, खेल्न व्यवस्था, सरसफाई देखि अन्य सेवा सुबिधाहरु उपभोग गर्न समेत नपाएको रोकायाको भनाई छ । कारागारको भवन नहुँदा जिल्ला प्रहरी कार्यालयमा हिरासतको लागि बनाइएका दुईवटा कोठामा सिमित भएर बस्नुपरेको कैदिबन्दीकोहरुको गुनासो छ ।

उक्त क्षत्रमा ‘बसाइका हिसाबले हामीलाई सुधार गृह नभएर यातना गृह जस्तै महसुस भएको छ । ‘उनले भने ’ । साँघुरो ठाउँमा बस्नुपरेकाले आपसमा सरूवा रोगको डरत्रासमा बस्नु परेको छ । हाल हिरासतमा विभिन्न मुद्दामा फैसला भएका ६ जना कैदी र ५ जना पुर्पक्षमा रहेका गरि जम्मा ११ जना कैदिवन्दी रहेका छन् ।

यसैका बारेमा जिल्ला कारागारका प्रमुख डवले रावतलाई बुझ्दा कारागार स्तान्त्रणका लागि माघ ११ गते आइतबारका दिन केन्द्रीय विभागमा पत्र गरि सकिएको बताए । विभागबाट परिपत्र आए लगतैै हुम्लाको कारागारमा रहेको ६ जना कैदिहरु जिल्ला बाहिर तुरुन्तै स्तान्त्रण हुने भएको निमित्त जेलर रावतको भनाई रहेको छ ।

उनले थपे कैदिबन्दीले आफ्नै खर्चमा औषधि उपचार गरेको भए पनि कारागारले सो रकम एकलौटि चौमासिक रुपमा भूक्तानी गर्ने गरेकोे छ ।

प्रकाशित मितिः     १८ माघ २०७७, आईतवार ०८:४४  |