आज २६औँ जनयुद्ध दिवसलाई सम्बोधन गर्न प्रकास ज्वाला हुम्लामा


फागुन १ हुम्ला । आज २६औँ जनयुद्ध दिवस । तत्कालीन माओवादीले राज्यविरूद्ध हतियार उठाएको दिन । २५ वर्षअघि ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा तत्कालीन माओवादीहरुले यो दिवस मनाउँदै छन् । संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन माओवादीले नेपालमा सशस्त्र विद्रोहको शुरूवात गरेको थियो । तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकीकरण भएपछि यो दिवस एकीकृत रूपमा मनाइँदै आए पनि यो वर्ष भने त्यस्तो हुँन सकेन, हुम्ला जिल्लाकै कम्युनिष्ट पाटीको केन्द्रको रुपमा मानिएको अदानचुली गाउँपालिकमा जनयुद्ध दिवसको अबसर आयोजित कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत कोल्टी हुँदै अदानचुली पुगेका केन्द्रीय सदस्य समेत रहेका कर्णाली प्रदेश सरकारका अर्थ मत्री प्रकाश ज्वालाले प्रतिगमन गर्ने ब्यक्तिहरुको मृत्यु कुकुरको भन्दा फरक नपर्ने बताउनु भयो…

पहिले देखी नै माधब नेतृत्वमा रहेका नेकपा प्रदेश कमिटिका सदस्य हस्त बहादुर शाहीले जनताको बहुदलीय जनबादलाई फरक समयमा कुरा गर्ने बताउँदै उनले पनि अधिक समय गाउँपालिका र केपी ओलीलाई पाटिबाट नै हटाइ सकेकोले ओली कम्युनिष्ट पाटीमा नरहेको दाबी गर्नु भयो……..

जनयुद्धको क्रममा घाइते अपाङ्ग घरवार बिहिन,बेपाता नागरीकहरुको अबस्था र सहिदहरुको सम्झनालाई भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गर्ने तिर समय बिताउनु भयो पुरा १० वर्ष नै युद्धमा रहेका नेता छिरिङ् दम्डुल लामा कार्चेन………..

हुँन त तत्काली माओबादीले जनयुद्धको सुरुवात गरेको थियो त्यति बेला आजका प्रमुख अतिथि र बिशेष अतिथिमा रहेका नेताहरुले जनयुद्ध भन्ने शब्द सुन्नै चाँहदैन थिए समय परिस्थीती अनुसार आज आएर उनैले जनयुद्ध दिबशको जयजयकार गर्दै नागरीकको घरदैलोमा पुगेका छन् पछिल्ला घटनाक्रमले राजनितिमा कोही नत सँधैको सत्रु हुँन्छ नत सँधैको मित्र भन्ने उखान चरितार्थ भएको देखीन्छ ।

प्रकाशित मितिः     १ फाल्गुन २०७७, शनिबार २०:१४  |