माग पुरा नभएको भन्दै स्थानीय महिलाद्धारा दोस्रो पटक विधुत कार्यालय घेराऊ


नन्द सिंह

फागुन ३ हुम्ला । आफुहरुले गरेको माग पुरा नभएको भन्दै सिमकोटका स्थानीय महिलाहरुले पुनः आज दोस्रो पटक विधुत कार्यालय घेराउ गरेका छन् ।
केही दिन अगाडी मात्रै सिमकोट गाउँपालिका वडा नम्वर ६ का महिलाद्धारा विधुत कार्यालयमा चर्को लोड सेडिङ गरेको भन्दै आन्दोन गरे पनि त्यसको सुनुवाई नभएपछि पुनः आज सोही स्थानीय महिलाद्धारा विधुत कार्यालय घेराउ गरेको पाइएको छ ।

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को लोडसेडिङ हुन थालेपछि यहाँका महिला आक्रोसित भएर विद्युत कार्यालय घेराउ गरेका हुन । सिमकोटमा दैनिक १२ घण्टा बढी लोडसेडिङ हुँदा यहाँका सेवाग्राही मर्कामा परेका छन् । नेपाल विद्युत प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाले चरम लापारबाही गरेको भन्दै सिमकोट गाउँपालिका वडा नम्वर ६ का स्थानीय महिलाहरु विद्युत कार्यालयमा पुगेर कार्यालय घेराउ गर्दै आन्दोलनमा उत्रिएका छन् ।पटक पटक विधुत कार्यालयलाई यो समस्याको समधान गर्नका लागि अनुरोध गर्दा समेत नमानेपछि यहाँका महिलाहरु आक्रोसित भएका हुन् ।

हिउँदाको समयमा दैनिक दिन दिउँसो केही समय विद्युत आपुर्ति भएपनि साँझ चार जवेदेखि लोडसेडिङ भएर राति दश वजेपछि मात्रै विद्युत आपुर्तिे हुँदा हुम्लाका एसइई तयारी गरिरहेका विद्यार्थी लगायत अन्य विद्यार्थीको पठनपाठनमा समस्या निम्त्याएको स्थानीय महिलाहरुको गुनासो छ ।

विद्युत समयमै उपलब्ध नहुँदा विद्यार्थी र वृद्धवृद्धालाई बढी समस्या बनाएको वडा नम्वर ६ का महिला बाँचकला बोहोराले गुनासो गरिन् । केही दिन अघि स्थानीय महिलाहरुले चेतवानी मात्रै दिएर गएको भए पनि यस पटक भने अव समय सापेक्ष अनुसार विधुत आर्पुति नगरेमा विधुत कार्यालय समेत ताला लगाउने र विधुतका पोल उखेल्न, विधुत लाइन कटौति गर्ने जस्ता चेतवानी दिउको हुन् ।

विधुत कार्यालयमा आज गरेर दुई पटक धर्ना गर्न आई सक्यौँ, यदि यो भन्दा पछिल्लो पटक पनि यसरी नै आस्वासन मात्रै दिने काम गरेमा कसैको डरत्रासमा नपरेर भव्य रुपमा आन्दोलन गर्ने स्थानीय बोहराले बताईन् । स्थानीय महिलाहरुले मागेको माग २४ घण्टा नै विधुत उत्पादन गर्नु पर्छ भने पनि उनिहरुले भने सरह विधुत सञ्चालन नहुने नेपाल विद्युत प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाका कार्याललय प्रमुख साजन ऐडीले बताए । तर पहिला भन्दा केही राहतका लागि पहल र कदम चाल्ने आस्वासनमा स्थानीय महिलाहरुलाई घर फर्काइएको प्रमुख ऐडीको भनाई छ ।

प्रकाशित मितिः     ३ फाल्गुन २०७७, सोमबार २२:०४  |