कर्णाली प्रदेश लोकसेवा आयोगले तीन वर्ष पछि पायाे पुर्णता, अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त


 फागुन ६ सुर्खेत । कर्णाली प्रदेश लाेक सेवा अायाेगले तीन वर्ष पछि पुर्णता पाएकाे छ । कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सिफारिस समितिले बिहीबार उपाध्यायलाई अध्यक्ष चयन गरेको हो ।

आयोगका तिनै पदाधिकारीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

अध्यक्ष उपाध्याय वीरेन्द्रनगर –११ सुर्खेतमा बस्दै आइरहेका छन् । उनी मुख्यमन्त्री शाहीको कोटाबाट नियुक्त भएका हुन भने अर्का सदस्य खड्का वीनपा ४ मा बस्दै आइरहेका छन । उनी सभामुख शाहीको कोटाबाट नियुक्त भएका हुन् । शाही नेकपा ओली पक्षका हुन् ।सदस्य बसन्तीकुमारी सिंह शाहीको स्थायी ठेगाना खार्पुनाथ-५ हुम्लामा पर्दछ । सदस्यमा नियुुुुक्त भएकी शाही विपक्षी दलका नेता जिबन  जीवनबहादुर शाहीकि श्रीमती हुुन ।

प्रकाशित मितिः     ६ फाल्गुन २०७७, बिहीबार १८:३८  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *