फागुन ९ हुम्ला । नेपाली कंग्रेशले हुम्ला जिल्लाका सबै गाउँपालिकाहरुमा बृहत्त आमसभा गरी रहेको छ । ७ गते ताँजाकोट गाउँपालिकामा आम सभा गरी आइतबार अदानचुली गाउँपलिकामा सम्पन्न गरेको छ ।
नेपाली कंग्रेशका केन्द्रीय सदस्य समेत रहेका कर्णाली प्रदेश सरकार प्रमुख प्रतिपक्ष दलका नेता जिबन बहादुर शाहीको नेतृत्वमा सबै गाउँपालिकाहरुमा बृहत्त आम सभा गर्ने भएको नेपाली कंग्रेशले जनाएको छ ।
पुष ५ गते प्रतिनिधि सभाको बिगठन भए सँगै गाउँ गाउँमा सबै पाटीहरुले आमसभा,हडताल तथा बिरोधका कार्यक्रम गर्ने क्रममा नेपाली कंगे्रशले हुम्ला जिल्ला सबै गाउँपालिकाहरुमा बृहत्त आम सभा गर्न लागेको छ ।
आजभएको बृहत्त आम सभालाई सम्बोधन गर्दै नेता शाही प्रतिनिधि सभाको बिगठन असंबैधानीक त हो तर पनी नेपाली कंग्रेशले सर्बोच्च अदालतले गरेको फैसलालाई स्वीकारेर अगाडी बढ्ने बताउनु भएको छ । नेता शाीले भने “ प्रधानमन्त्री केपी ओली गरेको प्रतिनिधि सभाको बिगठन असंबैधानीक त हो तर पनि नेपाली कंग्रेश त्यस्तो पाटी हो जसले अदालतले जस्तो फैसला गर्छ सोही फैसलालाई स्वीकारेर ताजा जनादेशमा जानु पर्ने भए पनि हाम्रो पाटी तयार छ यदी प्रतिनिधि सभा पुन स्थापना भए पनि सोही अनुसार अगाडी बढ्ने छ”।
संंबोधनकै क्रममा नेता शाहीले हिल्सा सिमकोट मोटर बाटो,कर्णाली करीडोर र र्याप थ्रिले निमार्ण गरेको बाटोको आफैले परिकल्पना र पहल गरेको तर प्रचार अरुकै भएको बताउनु भयो । उनले केहि दिन अघी नेपाल कम्युनिष्ट पाटी नेकपाको एक समुहका नेताले सोही ठाउँमा भएको कार्यक्रममा अभागी जिल्ला हुम्ला भनेको प्रति आप्पती जनाउनु भयो ।
अदानचुली गाउँपालिका केन्द्र श्रीनगर स्वास्थ्य चाैकीमा संचालन गरेको आम सभामा नेपाली काँग्रेस जिल्ला पाटी सभापति जयपति रोकाया , खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावल, नेपाल विद्यार्थी संघका अध्यक्ष धर्मराज जैसी , महिला संघकी अध्यक्ष विजया वुढा लगाएतको उपस्थीती रहेको छ ।