माथिल्लाे हुम्लामा हिमपात, तल्लाे हुम्लामा बर्षा


हुम्ला । सोबार विहानदेखि उच्च हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । सिमकोट लगायत उतरी गाउँमा विहनाको तापक्रम माइनेस ५ डिग्रमा झरेको छ । त्यहाँको जनजीवन कष्टकर भएको छ ।
आईतबार वेलुका ५ बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँ लगायत स्थानमा बाक्लो हिमपात भएको छ भने दक्षिण गाउँमा बर्षा हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको लिमी गाउँका पाल्जोर तामाङ्ग बताए । उत्तरी नाम्खा गाउँपालिकामा एक फिटभन्दा माथि हिमपात भएको छ। सदरमुकाम सिमकोटमा पनि बिहिबार बिहानदेखि हिमपातसँगै चिसो पनि बढेको छ।     जिल्लाकाे तल्लाे क्षेत्रमा बिहानैदेखि  निरन्तर पानि परिरहेेेेकाे छ ।

प्रकाशित मितिः     २४ फाल्गुन २०७७, सोमबार ११:३२  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *