सभामुखकाे परामर्श पछि प्रचण्ड-माधव पक्षले बोलायो संसदीय दलको बैठक


काठमाडौं ।सभामुख सँगकाे छलफल पश्चात्  प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक बोलाएको छ । बैठक केहीबेरमा सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने नेकपा संसदीय दल प्रमुख सचेत देव गुरुङले जानकारी दिए ।
उनका अनुसार बैठकमा अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुति हुने रणनीतिबारे छलफल हुने बताइए पनि अबिश्वासकाे प्रस्ताब ल्याउने नल्याउने बारेम  अन्तिम टुुंगो लगाउने छ  ।                                    शुक्रबार बसेको दलको बैठकमा ओलीले राजीनामा नदिए आइतबार अविश्वास प्रस्ताव दर्ता गर्नेबारे छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने या नगर्नेबारे बैठकमा निर्णय लिने बुझिएको छ । प्रचण्ड-नेपाल पक्षले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रमुख प्रतिपक्षसँग संवाद गरिरहेको छ । तर पुनःस्थापित संसदमा निर्णायक भएर उदाएको  काँग्रेस भने अहिलेसम्म पर्ख र हेरको रणनीतिमा छ ।

प्रकाशित मितिः     २३ फाल्गुन २०७७, आईतवार १४:०७  |