दलकाे कानुननीरुपमा एउटै भएकाले सहजीकरणको भूमिका मात्रै निभाउन सकिन्छ-संसद सचिवालय


काठमाडौं । संघीय संसद सचिवालयले नेकपा कानुनी रुपमा विभाजन नभएको जनाएको छ । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेकपा राजनीतिक रुपमा विभाजित भएपनि कानुन  एउटै भएकाले आजको बैठकमा दुवै नेकपाका सांसदहरु सत्ता पक्षकै ‘रो’मा बस्ने गरी व्यवस्था मिलाएको जानकारी दिए ।                        ‘सत्तारुढ दलको कानुन त एउटै छ भनेर हामीले अहिलेसम्म बुझेका छौ’, पाण्डेको भनाइ छ ।  नेकपा संसदीय दलका प्रमुख सचेतक दुई जना भएकोबारे पत्रहरू आएपनि को प्रमुख सचेतक भनेर सचिवालयले छुट्याउने नसक्ने बताए । उनले सचिवालयले दलको विवाद निरुपण गर्न नसक्ने भन्दै सहजीकरणको भूमिका मात्रै निभाउने जानकारी दिए ।

प्रकाशित मितिः     २३ फाल्गुन २०७७, आईतवार १२:५६  |