एमालेले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन,तर माधव नेपाल पक्षले भन्यो :हाम्राे समर्थन् कायमै छ


चैत ४ सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।

बैठकले मन्त्री बनेका एमालेका सांसदहरुलाई ५ दिनभित्र फिर्ता बोलाउने निर्णय गरेको छ ।

कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् । दलको बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना मात्रै सहभागी थिए ।                       यता नेकपा एमाले (ओली) पक्षले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै सोही पार्टीका माधव पक्षका नेता समेत रहेका उनले सो निर्णयप्रति आफुहरुको ध्यानाकर्षण भएको जनाएका हुन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्- ‘यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रिया सम्मत नभएको प्रष्ट पार्न चाहन्छौ’ ज्वालाले औपचारिक सूचना नदिई बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरु प्रति आफुहरुको असहमति रहेको बताएका छन् । उनले यो निर्णय नेकपा (एमाले) प्रदेशसभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदै भनेका छन्, ‘कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौ ।’

प्रकाशित मितिः     ४ चैत्र २०७७, बुधबार १५:२६  |