सलीसल्लाको भिर छिचोल्यो नेपाली सेनाले,कर्णाली करीडोरले हुम्लाका ४ गाउँपालिका छोयो ।


चैत्र ८ हुम्ला । नेपाल सरकारको गौरबको आयोजना कर्णाली करीडोरले हुम्ला जिल्लाका ४ वटा गाउँपालिका छोएको छ । यस अघि तल्लो क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकामा छोई सकेको थियो ।

नेपाली सेनाले कालिकोटको खुलालुदेखि लैफु कवाडी हुँदै सलीसल्ला खण्डको १ सय २३ किलो मिटर क्षेत्र मध्ये सबै भन्दा असजिलो र चट्टानी भागलाई नेपाली सेनाको बिकास निर्माण दलले छिचोल्न सफल भएको सो खण्डका योजना प्रमुख सेनानी मिलन कार्कीले बताए । उनका अनुसार चट्टानको लेवल मिलाउने, गाह्रो लगाउने, ग्याबिन भर्ने काम समेत सुरु भएको छ ।

यति बेला हुम्लाको सर्केगाड गाउँपालिका र चंखेली गाउँपालिका विचमा रहेको कर्णाली करिडोर अन्र्तगत खण्डको असजिलो क्षेत्रमा रहेको सलीसल्ला भीर छिचोलिए पछि जिल्लका ४ वटा गाउँपालिकामा छोएको हो ।

जिल्लाकै अति अप्ठ्यारो र चट्टानै चट्टान भएको उक्त क्षेत्रमा रहेको भीर नेपाली सेनाले डेढ वर्षको अवधिमा छिचोल्न सफल भएको हो ।
निक्कै चट्टानै चट्टान भएको क्षेत्र सलीसल्लाको भीर फुटाएर सडक निर्माण गर्न नेपाली सेना सफल भएको सर्केगार्ड गाउँपालिका गाउप्ाँलिकाका उपाध्यक्ष जोसी धामीले बताउनु भयो । उहाँले भन्नु भयो अब हाम्रो गाउँपालिका पनि राष्टिय सडक सञ्जालमा जोडीएको छ बिभिन्न खाद्य बस्तु देखी भौतीक निमार्णका सामाग्रीहरु सहज र सस्तोमा आउने भएकोमा हामी धेरै खुसी छौ नेपाली सेनालाई धेरै धेरै धन्यबाद दिन चाहान्छु ।

जुन क्षेत्रमा सेनाले मापदण्ड पुरा गर्ने कार्य हाल गरि रहेको छ । सेनाले निक्कै कष्ट र मिहेनेतका साथ रात दिन नभनी जनशक्ति, मेशिन र बिष्फोट गर्ने कार्य लगातार गरेर भीर छिचोल्न सफल भएको हो । भीर छिचोलिएपछि सेनाले मेशिन पनि भीर पार गरेर सलीसलल्लामा काम गर्ने क्षेत्रमा लिएको छ । अझै पनि करिब ६ सय मिटर लम्वाई भएको उक्त भीरमा बिष्फोटका लागि कामदारले शरिरमा डोरी बाँधेर भीरमा काम गर िरहेका छन् ।

बीस मिटर अग्लोबाट चट्टानलाई बिष्फोट गरेर सडक निर्माण गरिएको छ । अब असजिलो भीरमा ट्रयाक खोल्ने कार्य पुरा भएकोले सेना आफ्नो जिम्माको काम सम्पन्न गर्ने कार्यको नजिक पगेको छ । सेनाले सलीसल्ला भीरमा काम गर्न निक्कै कठिन रहेको बताउदै आएको थियो । माथि भीर र तल कर्णाली नदीमा काम गर्ने जोखिम कामदारलाई थियो, तर पनि हामीले हाम्रो लक्ष अनुसारको काम पुरा गरेको बताउँदै यही आर्थिक वर्ष भित्र सडक हस्तान्त्रण गर्ने गरी काम गरी रहेको बताउनु भयो ।

कर्णाली करिडोर अन्र्तगत कालिकोटको खुलालु देखि हुम्लामा सलीसल्ला क्षेत्रसम्मको सडक मध्ये कालिकोटमा ४०, बाजुरामा ४४ र हुम्ला जिल्लाको २७ किलोमिटरमा सडक निर्माण कार्य पुरा भएर यातायात सञ्चालन हुँदै आएका छन् ।

हुम्ला खण्डको बालुकुनाबाट सलीसल्लासम्मको १२ किलोमिटरमा सेनाले अन्तिम चरणको निर्माण कार्य गरि रहेको छ । सो क्षेत्रमा चैत्र महिना भित्र ट्रयाक खोल्ने कार्य पुरा गर्ने र असाढ सम्म गाडी गुडाउन योग्य बनाईने सेनाले जनाएको छ ।

प्रकाशित मितिः     ९ चैत्र २०७७, सोमबार ०९:५७  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *