न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पाँच जना नियुक्त


चैत्र ९ काठमाडाै । सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पाँच जना सदस्यलाई नियुक्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हुम्लाका नवराज महतरा, सिन्धुलीका विमला पाँण्डे, प्यूूठानका गिरु भण्डारी, धादिङका गोपाल तिवारी र भक्तपुरका ऋषिकेश श्रेष्ठलाई समितिको सदस्यमा नियुक्त गरेको हो । मन्त्रस्तरीय निर्णय अनुसार नियुक्त गरिएका उहाँहरुको कार्यकाल २ वर्षको हुनेछ ।

नवनियुक्त सदस्यहरुलाई सोमबार मन्त्रालयमा एक कार्यक्रमका बीच नियुक्त पत्र दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले श्रमजीवि पत्रकारहरुले भोग्दै आएको पारिश्रमिक सम्बन्धि सबै समस्या समाधान गर्न नवनियुक्त सदस्यहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो । समितिका अध्यक्ष राजेन्द्र अर्यालले समितिले सरकारले दिएको जिम्मेवारी पूरा गर्न क्रियाशील भएर लागिपर्ने प्रतिवद्धता सो अवसरमा व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मितिः     ९ चैत्र २०७७, सोमबार १८:५९  |