हुम्लाको रेडियो श्रीनगरमा तोडफोड,दोसीलाई कारबाही गर्न अकोराबको माग(प्रेष बिज्ञप्ती)


दिउसो रेडीयोमा कोही नभएको अबस्थामा श्रीनगरका केही अराएजक युवाहरुले रेडियोमा क्षेती पुर्याएका छन् मिति २०७८ साल बैशाख ३ गते साँझ ४ बजेको समयमा बाहिर राखीएको ब्याट्री फुटाएका छन् ।

त्यहाँ रहेको भर्याङ् भाँचेका छन् भने त्यहाँ राखीको तारलाई फ्याँकी दिएका छन् साथै उक्त छतका दाँतीहरु फालेर त्यहाँ राखीएका अन्य सामाग्रीहरु समेत तोडफेड गरेका छन् रेडियो प्रशासनसँग कुनै पनि कुरा नगरी सबै क्रमचारीहरु बाहीर रहेको अबस्थामा ईन्टरनेट नखोलेको भन्दै तोफोड गरेको त्यहाँ नजिक रहेका अन्य नागरीकहरुले बताएका छन् वर्डलिंक कम्युनिकेशनले गाउँपालिका,सामुदायीक बिद्यालय,स्वाथ्य चौकीहरुमा निशुल्क ईन्टरनेट सेवा बितरण गरे पनि त्यहाँ रहेको जनता बैंक र FM रेडियोहरुलाई निशुल्क बितरण गरेको छैन,वडा कार्यालय,गाउँपालिका जस्तै निशुल्क हो,ईन्टरनेट खुला छोडनु पर्छ भन्दै तोडफेड गरेको बुझिएको छ ।


तोडफेड गर्नेमा अदानचुली गाउँपालिका वडा नम्बर २ का महेश महतारा,सुवास बोगटी,जय महतारा र देबीलाल महतारा लगायतका केटाहरु रहेको बुझिएको छ । उक्त घटनाको थप छानबिन गर्न त्यहाँको स्थानीय प्रशासन कार्यालयलाई रेडियो प्रशासनले आग्रह गरे पश्चात छानबिन प्रकर्या अगाडी बढाएकाे जनाएको छ ।

रेडीयाे श्रीनगरमा भएको उक्त्र घटनाको छानिबन गरी दाेसीलाइ कारबाही गर्न सामुदायिक रेडियो प्रसारक स‌घ नेपाल नेपाल पत्रकार महाँस‌घ हुम्लाका अध्यक्ष राजन रावत र रेडियो प्रशासनले प्रेष बिज्ञप्ती जारी गरेका छन् ।

प्रकाशित मितिः     ४ बैशाख २०७८, शनिबार १७:२७  |