म्यानेजर थापाको पहलमा अदानचुली १ का सबै सरकारी कार्यालयमा सोलार जडान


मोहनसिं बुढा ।

बैशाख २० हुम्ला । लामो समय सम्म पावरको अभाबमा अँध्यारोमै काम गर्न बाध्य भएका अदानचुली १ कल्खेका सबै सरकारी कार्यालयमा सोलार सिस्टम जडान गरीएको छ ।

बैकल्पीक उर्जा पञ्बर्धन केन्द्र काठमाडौको आर्थिक सहयोगमा कल्खेमा भएका ४ वटा सरकारी कार्यालयमा सोलार सिस्टम जडान गरीएको त्यहाँका स्थानीय प्रेम महताराले बताए ।

अदानचुली गाउँपालिका वडा नम्बर १ को कार्यालयमा गाउँपालिकाले ३ वर्ष अघि सोलार जडान गरे पनि त्यहाँ केही स्थानीय नागरीकहरुले घर घरमा जडान गर्दा खेरी १ वर्ष सम्म पनि टिक्न नसके पछि वडा कार्यालयमा समेत सोलार सिस्टम थिएन सोही अबस्थामा रेडियो श्रीनगर एफ एमका स्टेशन म्यानेजर काली बहादुर थापाले बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्र काठमाडौको अनुदानमा वडा कार्यालयमा १ किलोवाट,जनकल्याण आधारभुत बिद्यालयमा १ किलोवाट,मण्डाल्नी प्राथमीक बिद्यालयमा १ किलोवाट र कल्खे स्वास्थ्य ईकाईमा २ किलोवाटको सोलार गाउँमै पुर्याए पछि स्थानीय नागरीकहरु खुसी भएका छन् ।

म्यानेजर थापालाई धन्यबाद दिदै स्वास्थ्य ईकाईका ईन्चार्ज जोर फडेराले भने “मैले त कल्पना पनि गरेको थिएन यती ठुलो सोलार आउँछ होला भनेर,मैले २।३ वटा आउँछन् होला सोचेको थिए तर सोला एक छतै भरी छोप्ने आए पछि म अचम्मीत भए ।” उनले थपे मलाई फोन गरेर आईडी कार्डको फोटोकपी पठाउ म स्वास्थ्य ईकाईलाई सोलार ल्याँदै छु भने मैले सोचे २।४ वटा ल्याउँछ होला तर नसोचेकै सोलार आयो ।

ईन्चार्ज फडेराले भने मोबाईल चार्ज गर्ने बाहेक अरु कुनै काम छैन अन्य सामाग्री छैन भाई थापाले सबै छ भनेर ल्याएका रहेछन् तर हाम्रो ल्यापटप पनि थिएन,त्यो पनि ति भाईले कहाँबाट ल्याए फोटो लिएर गए मैले साईन मात्र गरे सोलार जोडेर गए । त्यस पति सबै समाग्री अर्को ठाउँमा लगेर गए तर पनि सोलार जोडी दिएकोमा उनले धन्यबाद दिए ।

अदानचुली गाउँपलिकाको श्रीनगर क्षेत्रमा जलबिद्युत आयोजना निमार्णधिन अबस्थामा छन् जती पनि कामहरु भैरहेका छन् सोलार मार्फत काम भएका छन् म्यानेजर थापाले भने “यस अघि पनि धेरैले कल्खेमा सोलार ल्याउने कुरा गरे तर ल्याएनन् मैले काठमाडौमा रहेको उर्जा शाँखासँग समन्वय गरेर कल्खमा भएका सबै(४ वटा)सरकारी कार्यालयमा एकै पटक सौर्य उर्जा जडान गर्न सफल भए । यसमा कार्यालय प्रमुखहरु सँग मैले यसमा फारम भर्न लागेको छु हस्ताक्षेर र साईन गर्न आग्रह गरेको थिए उनिहरुले सोही अनुसार गरे पछि मैले पनि सोही अनुसार समन्वय गरेर सोलार ल्याएर जडान गरेका छौँ” ।

यो सँगै अदानचुली गाउँपालिकाका वडा नम्बर २ को वडा कार्यालय,२ नम्बरकै पुधदुकोट प्राथमीक बिद्यालय,मष्टादेब प्राथमीक बिद्यालय र ३ नम्बरको वडा कार्यालयमा पनि सोलार जडान गरीएको छ ।

१ सय ५० एपीएका ६० महिना वारेन्टी भएका ब्याट्रीहरु भएको प्राथमीक बिद्यालयमा १ किलोवाट र स्वास्थ्य ईकाइ र माध्यामीक बिद्यालयका २ किलोवाटको सोलार जडान गरीएको छ ।

प्रकाशित मितिः     २१ बैशाख २०७८, मंगलवार ०८:१२  |