असन्तुष्ट पक्षका एमाले सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन्।
आइतबार एक वक्तव्य जारी गर्दै उनले सो धारणा व्यक्त गरेका हुन्।
कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या रहेको दाबी गर्दै उनले पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउन नहुने जिकिर गरेका छन्।
‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कर्त अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी÷गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन्,’ प्रधानमन्त्री ओलीको भनाइ छ, ‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउने जस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन्। यी प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त होइनन् र यी हानिकारक छन्।’
वक्तव्यः