हुम्लामा १ जना संक्रमित थपिए,संक्रमित संख्या १२ पुग्यो


सिमकोट । हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

आइतबार भएको एन्टिजेन्ट परिक्षणमा जिल्ला हुलाक कार्यालयमा का मगर्ने एक कर्मचारीमा संक्रमण पुष्टी भएपछि जिल्लामा संक्रमतको संख्या १२ पुगेको हो ।

यस अघि संक्रमण पुष्टी भएकाहरुको कन्ट्रयाक ट्रेसि«का आधारमा विभिन्न क्षेत्रका २४ जनामा गरिएको परिक्षणमा उनलाई पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । परिक्षणमा जिल्ला हुलाक कार्यालयमा कार्यरत २८ वर्षिय एक पुरुषमा संक्रमण पुष्टी भएको छ’ सूचना अधिकारी फडेराले भने, ‘यो सँगै संक्रमित हुनेको संख्या अब १२ पुगेको छ ।’

देशका विभिन्न जिल्लाका निषेधाज्ञ भएपछि जिल्ला फर्कने क्रममा बाँके र सुर्खेतबाट हवाई मार्गुँदै जिल्लामा आएका यात्रुहरुमा संक्रमण देखिएपछि जिल्लामा जिल्लामा क्रमशः संक्रमितको संख्या बढ्दै गएको हो ।

आइतबार संक्रमण पुष्टि भएका पुरुषमा सामान्य रुघाखोकिको लक्षण देखिए पनि समग्र स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । संक्रमित भएका पुरुषलाई स्वास्थ्य सेवा कार्यालयको रानीवन स्थित आइसोलेशनमा राखिएको छ । उनको कन्ट्रयाक ट्रेसिङ गरेर अन्यलाई परिक्षण गर्न शुरु गरिएको सूचना अधिकारी फडेराले जानकारी दिए ।

प्रकाशित मितिः     २६ बैशाख २०७८, आईतवार २०:०३  |