बैशाख २६ काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई १३ घण्टे अल्टिमेटम दिएका छन् । पार्टीभित्र हालको विवाद समाधान गर्न २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन सोमबार बिहान ९ बजेसम्मको समय दिएका हुन् ।
सिंहदरबारमा सम्पन्न माधव नेपाल समूहको बैठकले ओलीको तर्फबाट कुनै ठोस प्रस्ताव नआएको र एकता जोगाउने प्रयत्न समेत नगरेको निष्कर्ष निकाल्दै अन्तिम समयसम्म पनि विवाद हल गर्ने गरी अल्टिमेटम दिने निर्णय गरेको हो ।
आइतबार नेता नेपालले ओलीको सन्देश बोकेर आएका विष्णु पौडेल र सुवास नेम्वाङसँग सिंहदरबारमा पौने घण्टा छलफल गरेका थिए ।प्रधानमन्त्री ओलीले आइतबार नै एक वक्तव्य जारी गरी फ्लोर क्रस गर्ने, सामूहिक राजीनामा दिने जस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन् ।