सुरक्षाकर्मी द्धारा घरेलु मधीरा उत्पादन गर्ने कच्चा पदार्थ नष्ट, प्रहरीले उदारणीय काम भएको भन्दै बृद्धबृद्धाहरु खुसी


युवराज भण्डारी
बैशाख २७ हुम्ला । गल्फागाड प्रहरी चौकी श्रीनगरले सोमबार ८ हजार भन्दा धेरै मुल्य बराबरको घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ नष्ट गरेको छ ।

दिनहुँ मदिरा सेवनका कारण घटना हुँने अदानचुली गाउँपालिकाको मुख्य केन्द्र रहेको श्रीनगर बजार लगायत नजिकका गाउँहरुमा सर्च गरी घर घरमा राखीएको घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ नष्ट गरेको प्रहरी सहायक निरिक्षक कृष्ण बहादुर बुढाले बताए ।

लामो समय सम्म जानकारी गराउँदा गराउँदै पनि सुचनाको अभग्या गरी घरघरमा घरेलु मदिरा उत्पादन गरी बिक्रि बितरण गरेको पाईएकोले बाध्य भएर खोजतलास गरेर नष्ट गर्नु परेको बताउनु भयो । प्रहरी सहायक निरिक्षक बुढाले भने“यसमा अदानचुली गाउँपालिकाले पनि प्रतिबद्धता जनाए पछि हामीलाई खोजतलास गर्न सजिलो भयो पहिले सबै ठाउँमा जानकारी गरायौ जानकारीको कुनै प्रबाह नगरी खुलेआम रुपमा मदिरा सेबन तथा बिक्रि बितरण गरी रहेकाले शनिबारबाट खोजतलास गर्न सुरु गर्यौ,वडा नम्बर १ मा पनि केही मदिरा बनाउन तयार गरीएका भाँडा फुटाएका थियौ भने आज(सोमबार) वडा नम्बर २ र ३ का घरको छत र गोठमा छिपाएर राखीएको सबै कच्चापदार्थ नष्ट गरेका छौ । ”

सुरक्षा टोलीले अदानचुली गाउपालीकाको वडा न २ र ३ मा सोमबार मात्र छापा मार्दा अबैध रुपमा घरको छतमा भण्डारण गरेर राखीएको ८ हजार ३ सय ८० लीटर घरेलु मदिरा उ्रत्पादन गर्न तयारी कच्चा पदार्थ जनप्रतीनीधीको समन्वयमा सुरक्षाटोली द्धारा नष्ट गरेको छ ।

यसै गरी वडा नम्बर ३ का पाँच घरमा भण्डारण गरीएको कच्चा पदार्थ र वडा न २ का १४ घरमा भण्डारण गरीएको कच्चा पदार्थ नष्ट गरेको हो ।
दुबै वडाका गाउँ टोलहरुमा सुरक्षा टोलीले चारैतीर बाट २ ।२ जनाको टोली बनायर एक टोलमा एकै समयमा छापा मारी घरेलु मदीरा उत्पादन गर्ने कच्चा पदार्थ नष्ट गरेको त्यहाँका स्थानीयले बताए ।

खानतलासमा गरेको सुरक्षा टोलीले पहिलो पटक भएकाले कच्चा पदार्थ मात्र नष्ट गरेका छौ यदी फेरी पनि दोहोरिन गएको पाइएमा घरेलु मधीरा उत्पादन गर्ने भाडा घ्याम्पो) जफत सहित ५ हजार जरीबाना असुल गरीने चेतावनी समेत दिएको छ ।

महामारीका बेला आफु बची अरुलाई बचाउन सुरक्षा टोलीले मेरो मास्क खै अभीयान सञ्चालन गरी रहेको अबस्थामा घरघरमा उक्त कच्चा पदार्थ देखीएकाले मदिरा नियन्त्रण अभियान समेत सञ्चालन गरेको बताएको छ ।

सोही अभियान सँगै गाउँ तथा बजारमा मास्क बिहिनका नागरीकहरुलाई मास्क लगाउन अनिवार्य गरेको छ । दिनहुँ मास्क खै भन्दै गाउँ प्रबेश गरी रहेको सुरक्षा टोलीले सोमबार टोल टोलका घरको छत र आगनमा अबैद्ध रुपमा राखीएको उवा ,मकै ,कोदोको घरेलु मदिरा उत्पादन गर्न भण्डारण गरेर गरीएको कच्चा पदार्थ एक एक गर्दै नष्ट गर्न थाले पछि नजिकका केही स्थानीयले घर भित्र समेत छिपाएका थिए छिपाउँदा छिपाउँदै पनि धेरैको कच्चा पदार्थ नष्ट गरि दिएको छ ।

स्थानीय नागरीकले भने प्रहरी प्रसासनले सुसासनको आभाष गराउन लागेकोमा धन्यावाद दीएका छन । बेला बेलामा यस क्षेत्रमा हुने झैझडाको मुल जरो भनेकै मदीरा भएकाले यसलाई निश्तेज पार्न खोजेकोले यो प्रशंसनिय कार्य भएको सुर्योदय माध्यामीक बिद्यालयका शिक्षक चीत्र भण्डारीले प्रहरी टोलीलाई आभार प्रकट गरे ।

उनले भने “प्रहरीले सुरु गरेको मदिरा नियन्त्रण अभियान म मात्र होईन यहाँका सबै स्थानीय खुसी भएका छन् उँझ भन्ने हो भने बृद्धबृद्धाहरु नीकै खुसी भएका छन उनले थपे साँझपख मदिरा सेवन गरी गाउँघरमा आएर आफैले के बोले थाहै नपाउने गरी परीवार कै विचमा अनावश्यक अस्लील शब्ब्द बोल्छन् हामीले बाध्य भएर बचाएका छौ ।”

प्रकाशित मितिः     २७ बैशाख २०७८, सोमबार २१:१२  |