युवराज भण्डारी
बैशाख ३० हुम्ला । सर्केगाड गाउँपलिकाका अध्यक्ष कृष्ण बहादुर रोकायाले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले नै गाउँमा क्रमचारी खटाई कार्यक्रम सञ्चालन गर्नु दुखद भएको बताउनु भयो ।
रेडियो श्रीनगर एफ एम मार्फत प्रसारित रेडियो कार्यक्रम हाम्रो गाउँपालिका हाम्रा गतिबिधीसँग कुरा गर्दै अध्यक्ष रोकायाले मुख्यमन्त्री रोजगार कार्यक्रम स्थानीय सरकारले सञ्चालन गर्न हुँने तर मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न आफ्नो क्रमचारी गाउँमा पठाउनुमा मुख्यमन्त्री सँग त्यस किसिमको सृजना नभएको बताए ।
अध्यक्ष रोकायाले भने प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय सरकारको जीम्मामा सञ्चालन हुने भएको भन्दै कर्णाली प्रदेस सरकारले स्थानीयतहको भावना नबुझेर प्रदेसबाटै कर्मचारी खटाउनुले स्थानीय सरकार प्रदेसका लागी आवश्यक नरहेको जस्तो बनाएका छ ।
को गरीब छन, को नीमुखा हुन,को सस्मान्तकृत हुँन् त्यो हामीलाई थाहा हुँन्छ तर प्रदेशले खै किन हो सम्झौता गर्दा प्रदेस बाटै कर्मचारी खटाउ छ त्यसैले पनि मुख्यमन्त्री रोजगार कार्यक्रम सफल हुन नसक्ने प्रतिकृया दिनु भयो । यस्तो कार्यप्रती कर्णालीका मुख्यमन्त्रीलाई कुनै पनि आईडीया नभएका समेत दाबी गर्नु भयो ।