संक्रमित बढेपछि हुम्लाको अदानचुली गाउँपालिका ‘सिल संक्रमितको संख्या ५६ पुग्यो


काली बहादुर थापा
जेष्ठ २ हुम्ला । कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेपछि हिमाली जिल्ला हुम्लाको अदानचुली गाउँपालिका पुर्ण रुपमा ‘सिल’ गरिएको छ ।

एन्टिजेन परिक्षणमा संक्रमितको संखाय धेरै भएपछि जिल्लाको ताँजाकोट गाउँपालिका र सर्केगाड गाउँपालिका–५ को गोठी यस अघिनै सिल गरी सकेको छ । भने अदानचुलि गाउँपालिका आज राती १२ बजेबाट पुर्णरुपमा सिल गरीएको गाउँपालिकाकी उपाध्यक्ष सौमती रावल ऐडी बताईन् ।

हिजो र आज गरी ३० जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ७ जनामा सङ्क्रमण पुष्टि भएपछि जेठ ९ गते सम्मको लागि सिल गरिएको गाउँपलिकाका अध्यक्ष दल फडेराले बताउनु भयो । उनले भने आज(आईतबार)राती १२ बजे देखी सम्पुर्ण सरकारी तथा गैर सरकारी कार्यालय खोल्न नपाउँने,मेसीन द्धारा गरीने बिकास निमार्णका काम बाहेक अन्य सम्पुर्ण कामहरु बन्द गर्ने,एक गाउँबाट अर्को गाउँ जान नपाउँने, जानै पर्ने भए सम्बन्धीत वडाका वडा अध्यक्षको सिफारीसमा जान पाउँने निर्णय गरीएको बताउँनु भयो ।

स्वास्थ्यचौकी,वडा कार्यालय,गाउँपलिकाका कार्यालयहरु खुला हुँदा ईन्टरनेटको लागि मानिसहरु जम्मा हुँने भएकाले ति कार्यालयहरु पनि पुर्णरुपमा बन्द गर्ने भएको उपाध्यक्ष रावलले बताईन् । उनले सामान्य रुघाखोकी र ज्वरो आएका ३० जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ मा सङ्क्रमण देखिएपछि थप फैलिन नदिन बढी जनसम्पर्क हुने कार्यालय सिल गरिएको बताईन् ।

जनस्वास्थ्य कार्यालयबाट लगिएको ४० वटा एन्टिजेनमध्ये हरेक वडामा ५ जनाको नमुना परिक्षण गर्ने क्रममा ६ वडाका ३० जनाको परिक्षण गर्दा शुक्रबार र आईतबार गरी ७ जनालाई संक्रमण पुष्टि भएको संयोजक महताराले जानकारी दिए । शनिबार वडा नम्बर १ मा १ जना,वडा नम्बर ४ मा १ जनाको संक्रमण पुष्टि भएको थियो भने आज (आईतबार) गरीएको परिक्षणमा वडा नम्बर २ मा २ जना र वडा नम्बर ३ मा ३ जनामा संक्रमण पुष्टि भएको बताउँदै संयोजक महताराले अन्य वडामा परिक्षण गर्दा सबै रिर्पोट नेगेटिभ आएको बताए ।

जिल्लाको मध्ये क्षेत्रको सर्केगाड गाउँपालिकामा गरीएको परिक्षणमा १ जना नयाँ संक्रमित थपिए सँगै जिल्लाभर संक्रमितको संख्या ५६ पुगेको छ । अहिलेसम्म जिल्लाभर ३४९ जनामा गरिएको एन्टिजेन परिक्षणमा ५६ जनालाई संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाका सुचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

प्रकाशित मितिः     २ जेष्ठ २०७८, आईतवार २०:१७  |