योजना बिकासको लागि होईन,कमिसनको लागि ल्याउँछन् अध्यक्ष चौलागाई(अडियो सहित)


काली बहादुर थापा
जेष्ठ २ हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले प्रदेश र संघबाट आउँने अधिकांस योजनाहरु कमिसन जोडिएको बताउनु भएको छ ।

रेडियो श्रीनगर एफमले उत्पादन गरेको समय संबादसँग कुरा गर्दै उनले प्रदेश र संघिय सरकारसँग कुनै पनि समन्वय नभएको बताउँदै उनिहरु आ आफ्नै तरीकाले सञ्चालन भएको बताउनु भएको छ ।

उनले भने केहि ब्यक्तिहरु बर्ष भरी सुर्खेत काठमाडौ तिर बस्छन् जब जेठको महिना हुँन् गाउँमा आएर मैले यो योजना किनेर ल्याएको भन्दै आफ्नै तरिकाले सञ्चालन गर्ने गरेको प्रति आप्पती जनाउनु भयो ।

प्रदेश र केन्द्र सरकारलाई हाम्रो सिफारीस पनि आबश्यक पर्दैन,ईस्टमेट,अनुगमन प्रतिबेदन पनि आबश्यक पर्दैन,कसरी ल्याउँछन्,अलिअलि काम गछर्न् भुक्तानी भैहाल्छ । खै के गछन् आफुलाई कुनै थाहा नहुँने बताउनु भयो ।

यसरी ल्याएका योजनाहरुको सुर्खेत,काठमाडौमै उपभोक्त समिति गठन हुँन्छन् ,भुक्तानी पनि सिमकोटमा हुँन्छ हामीले बाँडेका योजनाको भुक्तानी यतै हुँन्छ तर उनिहरुको भुक्तानी सिमकोट हुँन्छ उनिहरुको ईष्टमेटमै कमिसन आउने गरी तयार पारेको जस्तो हुँन्छकी भन्दै आसंका समेत गर्नु भयो ।

यस्ता किसिमका बिकास योजनाहरुले समाजको बिकास नहुँने भन्दै यसले छन् समाजमा द्धोन्द निम्त्याउने भएकाले यस किसिमको बिकासे प्रबृति पुर्णरुपमा बन्द गर्नु पर्ने बताउनु भयो ।

प्रकाशित मितिः     २ जेष्ठ २०७८, आईतवार २१:४३  |