काली बहादुर थापा
जेठ २० मुगु । मुगु र ग्रामिण सामुदायिक संस्थाको आर्थिक सहयोगमा मुगु जिल्लाको सोरु गाउँपलिकालाई करिब ४ लाख बराबरको स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरेको छ ।
आज एक औपचारीक कार्यक्रम गरी गाउँपालिकाका अध्यक्ष लोक बहादुर शाहीर प्रमुख प्रशासकिय अधिकृतलाई हस्तान्त्रण गरीएको ग्रामिण सामुदायिक संस्था मुगुका अध्यक्ष बलराम सहानीले बताउनु भएको छ । उनले भने हामी दुई सस्थाको संयुक्त आर्थिक सहयोगमा ३ लाख ७५ हजार ९ सय ६६ रुपैया बराबरको स्वास्थ्इ सामाग्री हस्तान्त्रण गरेका छौ ।
आज हस्तान्त्रण गरीएको सामाग्रीहरुमा पल्स अक्सीमीटर १० वटा,एन्टीजेन्ट किट २०० वटा,डिजिटल थर्मामिटर ४० वटा,एन ९५ मास्क ५० वटा,सर्जिकल मास्क ५० बक्स,सर्जिकल ग्लोब्स् २० बक्स,स्यानीटाईजर ५ लिटरका २५ जार,स्यानीटाईजर १२० एम एल का ३२० बोतल,सोडिएम १० जार,पलास्टीक अप्रोन १०० पिस,गुगोलेस् ३५ वटा,फेस सेल्ड १००सेट र पिपिई डिस्पोजल सेट १०० सेट गरी ३ लाख ७५ हजार ९ सय ६६ रुपैया बराबरको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको यु एम एन् मुगुका कलस्टर प्रमुख तेजिन्द्र सिजालीले बताउनु भयो ।
सदरमुकाम भन्दा टाढा रहेकाले यो गाउँपालिकामा कोरोना परिक्षण देखी लिएर अन्य सुरक्षा सम्बन्धी सामाग्रीहरु हस्तान्त्रण गरेको बताउनु भएको छ ।
जिल्लाको दुर्गम पालिकामा स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएकोमा दुबै सस्थालाई धन्यबाद दिदै अध्यक्ष शाहीले हामीलाई धेरै राहत पुग्ने प्रतिकृया दिनु भएको मगुबाट बिनाेद शाहीले खबर पठाउनु भयो ।