काली बहादुर थापा हुम्ला
जेठ २० हुम्ला । कोरोना संक्रमणबाट हुम्लामा पहिलो पटक एकजनाको मृत्यु भएको छ ।
गएको एकसाता उनका परिवालाई संक्रमण पुष्टि भई उपचार पश्चात निको भई सकेका थिए तर उनको लक्षण देखीए पनि गाउँपालिकामा किटको अभाबमा परिक्षण हुँन सकेको थिएन अत्याधिक बिरामी भई सके पश्चात हिजो मात्र परिक्षण गर्दा संक्रमण पुष्टि भएका सर्केगार्ड–२ का ५५ वर्षका टोप्ले सुनारको रिप स्वास्थ्यचौकीमा कार्यरत अहेब चन्द्रसिंह कार्कीले बताए………..
किट अभाबका कारण पक्षिण नभई लक्षणहरु मिल्दो जुल्दो भएकाले उनलाई थप उपचारका लागि घोडामा जिल्ला अस्पताल सिमकोट ल्याउँदै गर्दा बीच बाटोमै ज्यान गएका बताउनु भयो उनले ‘संक्रमित सुनारकोे अक्सीजनको लेवल ४० भन्दा तल थियो ‘गाउँको स्वास्थ्य चौकीमा विद्युत अभावका कारण अक्सीजन दिने अवस्था भएन सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीले पनि नसक्ने भए पछि थप उपचारको लागि जिल्ला अस्पतल ल्याउने क्रममा दुल्ली कुनाको खुँगाडामा ज्यान गएको रिप स्वास्थ्य चौकी इन्चार्ज चन्द्रसिंह कार्की बताउनु भयो……….
लामो समयदेखि दम रोग लागेको कामीलाई थप उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्न खोज्दा रकमको जोहो नभएकाले घोडामै सिमकोट ल्याउन लागिएको काकीले जानकारी दिए । ‘हेलिकोप्टरको लागि धेरै प्रयास भयो कार्कीले भने, ‘तर ९ लाख ५० हजार रकम पहिला जम्मा नगरे हेलिकोप्टर कमम्पनीले आउन नमान्ने र कामीको आर्थिक अवस्था निकै नाजुक भएकाले अन्तिममा घोडाबाट जिल्ला अस्पताल ल्याउन लागिएको थियो ।’ गएको वैशाख १८ गते गरिएका एन्टिजेन परिक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हुम्लामा बुधाबारसम्म १६ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । उनका अनुसार कोरोनालाईजितेर ९२ जना घर फर्किएका छन् भने ७४ जना सक्रिय संक्रमित रहेका छन् ।