ग्रामिण सामुदायिक सस्था मुगुले सोरुका ५० घरधुरीलाई राहत बितरण गर्यो


काली बहादुर थापा सोरु । ग्रामिण सामुदायिक सस्था मुगुले राहत बितरण गरेको छ ।

मुगु जिल्लामा स्थापना भएको ग्रामिण सामुदायिक सस्था(जिएसएस) मुगुले कोरोना भाईरसका कारण भएको देशभरको बन्दाबन्दीले पिडित नागरीकहरुलाई करिब ३ लाख बराबरको राहत बितरण गरेको सोरु गाउँपलिकाका बिनोद शाहीले ताए ।

यस किसिमको लामो बन्दाबन्दीले अन्य नागरिक भन्दा सोरु गाउँपालिका ४ का गरिब,दलित तथा बिपन्न परिवारहरु मारमा पारेको भन्दै उक्त सँस्थाले मंगलबार अधिकांस दलीत घरधुरी रहेको रावलबाडा र बिस्रुका केही गैर दलित गरी ५० घरधुरीलाई राहत बितरण गरेको जिएसएस मुगुका अध्यक्ष बलराम सहानीले बताउनु भयो ।

उहाँका अनुसार उक्त गाउँका ५० घरधुरीलाई प्रतिघरधुरी ३० केजीका १।१ बोरा चामल,नुन प्याकेट,दाल मसुरोको ५ केजी,लुगा धुने साबुन १० चक्की,नुहाउने साबुन ५ चक्की,अण्डा १० दाना,चिनि २ केजी, स्वस्तीक तेल १ लिटर,मास्क ५० थान,स्यानीटाईजार एक सय एम एलका २ बोतल सामाजीक दुरी कायम गरीजनस्वास्थ्यका मापदण्ड अपनाई गाउँमै गएर बितरण गरेको बताउनु भएको छ ।

देशमा भएको लकडाउन तथा जिल्लाले गरेको निशेधाज्ञले समस्या गरेको अबस्थामा यहाँका नागरीकहरुलाई थोरै भए पनि सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्दै सस्थाका अध्यक्ष साहनीले भने हामीले सके जतीको सहयोग गर्ने छौ ।

घरमा जम्मा गरी राखेको अन्न सकिएको अबस्थामा यस सँस्थाले घर घरमा ल्याएर राहत दिएकोमा त्यहाँका स्थानीयहरु खुसी वडा नम्बर ४ का वडा अध्यक्ष डबल बहादुर शाहीले बताउनु भएको छ । उहाँले हामी सरकारले गर्न नसकेके काम यस सस्थाले गरी सरकारलाई सहयोग गरेकाले सस्थालाई धन्यबाद समेत दिनु भएको छ ।

उक्त राहत बितरण कार्यक्रममा नेकपा एमाले मुगु जिल्ला अध्यक्ष धर्म बहादुर शाहीको उपस्थित रहेको थियो ।

प्रकाशित मितिः     १९ जेष्ठ २०७८, बुधबार ०८:४४  |