माओबादी केन्द्र अदानचुली गाउँ कमीटीले स्वास्थ्य सामाग्री बितरण गर्दै


काली बहादुर थापा
जेठ २१ हुम्ला । नेपाल कम्युनिष्ट पाटी माओबादी केन्द्र अदानचुली गाउँ कमीटीले स्वास्थ्य सामाग्री बितरण गर्ने भएको छ ।

शुक्रबार गाउँ कमिटीको पाटी कार्यालयमा आफ्ना पाटीका वडा कमिटिका अध्यक्ष र सचिबहरुलाई बोलाएर भोली नै प्रत्येक घरमा साबुन,मास्क र सेनीटाईजर बितरण गर्ने गरी उनिहरुलाई सामाग्री बुझाएको गाउँ कमिटिका ईन्चार्ज कर्ण रोकाया सुधारले बताउनु भयो ।

अदानचुली गाउँपालिकाका ६ वटै वडाका वडा कमिटीलाई २५० का दरले नुहाउने साबुन,५ सय पिस सर्जिकल मास्क र केही स्यानीटाईजर भोली नै प्रत्येक घरधुरीलाई एक पिस साबुन र १ मास्क दिने गरी बुझाएको बताउनु भयो ।

यस सँगै स्वास्थ्य साँखालाई आबश्यक पर्ने १० वटा थर्मोमिटर,९ वटा पिपिइ सेट र ५ वटा चस्माहरु गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महतारालाई हस्तान्त्रण गरीएकोे छ ।

स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गर्दै गाउँ कमिटिका ईन्चार्ज कर्ण रोकाया सुधारले भने “आफु कोरोना संकम्रीत भैसके पश्चात आइसुलेसनमा बसेको थिए सोही समयमा संघिय सांसद छक्क बहादुर लामा लगायतका नेताहरुसँग समन्वय गरे त्यस पछि नयनसिह नेपाली र प्रगतिशिल बोगटीले आवश्यक सामाग्री जुटाउनमा सहयोग गरे र उनिहरुले ३ हजार वटा मास्क,१० वटा थर्मो मिटर,९ वटा पिपिइ सेट,२० लिटर स्यानीटाईजर र ५ वटा चस्माको पहल गी दिए पश्चात मैले ढुवानी गरे”।

१५ काटुन साबुन भने ताँजकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले ब्यक्तिगत रुपमा खरीद गरी दिए पछि आफुले ढुवानी गरेको बताउँदै उनले शुक्रबार अदानचुली गाउँ कमिटिसँग के कसरी बितरण गर्ने भनी छलफल गरे पश्चात गरी बै वडालाई समानुपातीक तरीकाले बितरण गरेको बताए ।

प्रकाशित मितिः     २१ जेष्ठ २०७८, शुक्रबार २१:२२  |