काली बहादुर थापा
जेठ २३ मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका आर्थिक वर्ष २०७८।०७९ को निति तथा कार्यक्रममा जुटेको छ ।
गत वर्ष गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रसासकिय अधिकृतको बिबादमा करिब ४ करोड बराबरको रम फ्रिज फलेको उक्त गाउँपालिकाले यस वर्ष समयमै काम सम्पन्न गरेर नयाँ आर्थिक वर्षको निति तथा कार्यक्रममा जुटेको प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र बहादुर मल्लले बताए ।
रेडयो श्रीनगरले उत्पादन गर्ने कार्यक्रम समय सम्बादमा कुरा गर्दै उनले जेठ २५ गते देखी ११ वटै वडाले वडा स्तरीय योजना तर्जुमा गोष्टि सम्पन्न गरेर अषाढ २ गते सम्म गाउँपालिकामा पेश गर्ने र त्यस वछि विषयगत समितिमा छलफल गरेर संबिधानले तोकेकै समयमा निति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको बताउनु भयो ।
यो सँगै सामाजीक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्ने मुगु जिल्लाकै पहिलो गाउँपालिका भएको बताउँदै उनले बाँकी रहेको एक किस्ता भुक्तानीको लागि तत्काल माग गर्ने बताउनु भएको छ ।