अखिल बचाउ अभियानमा सुर्खेतका खाम्पाहरुको पनि साथ,आज मात्र १५ हजार रुपैया सहयोग


काली बहादुर थापा
जेठ २४ हुम्ला । हुम्लाका क्यान्स पिडित अखिल दमाई बचाउ अभियानमा सर्खेतमा रहेका खाम्पाहरुले पनि साथ दिने भएका छन् । सोमबार सुर्खेतमा नेपाल विद्यार्थि संघका ईकाई अध्यक्ष तथा प्राविधिक विद्यार्थी परिषद्का केन्द्रीय उपाअध्यक्ष र प्रदेश संयोजक निषेधजंग शाहीको बिशेष पहलमा १५ हजार ९ सय ६५ रुपैया सहयोग गरिएको सुर्खेतबाट भिम बहादुर परियारले बताउनु भयो ।

उनिहरुले हुम्ला जिल्लाका अदानचुली ३ का जाड दमाईको छोरा क्यान्सर रोगबाट ग्रसित भई हाल काठमाडौको कान्ती अस्पतालमा जिबन मरण दोसादमा छट्पटाई रहेकाले हामीहरुले उनलाई सहयोग गर्नु पर्छ भन्दै सबैले थोरै भए पनि सहयोग गरेको बताएका छन् ।

सहयाेग गर्नेमा नेपाली कांग्रेश जिल्ला कमिटि सदस्य, महाधिवेशन प्रतिनिधि तथा बौद्ध यातायात प्रा.का अध्यक्ष कमल गुरुङ (खाम्पा)बाट रु ५१००, बौद्ध गुम्बा निमार्ण तथा संरक्षण समिति कोषाध्यक्ष शान्ति गुरुङ बाट रु ११०५,बाैद्ध बहुउदेश्यसिय सहकारी संस्थाका अध्यक्ष सिंह बहादुर गुरुङ(खाम्पा)बाट १०००,बौद्ध गुम्बा निमार्ण तथा संरक्षण समितिका उपाअध्यक्ष लाल बहादुर गुरुङ(खाम्पा)बाट रु १०५५,मङगोलिन किचन एण्ड बारका सञ्चालक गणेश गुरुङ(खाम्पा)बाट रु १०००,बौद्ध गुम्बा निमार्ण तथा संरक्षण समितिका सदस्य मुक्ति गुरुङ(खाम्पा)बाट रु ११००,पेमा साङ्गे छोलिङ्ग गुम्बाका लामाहरुबाट पनि सहयोग भएको छ ।

यसै गरी लामा छोक्या (खाम्पा)बाट रु ५००,लामा घेवा (खाम्पा)बाट रु ५००,टासी तेन्जीन (खाम्पा)बाट ५००,खाम्पा समुदायहबाट पनि सहयोग भएको छ । सुसिल कुमार महतारा (खाम्पा)बाट रु २१००,मैना शाही (खाम्पा)बाट रु ५०० ,धनलाल गुरुङ(खाम्पा)बाट ५०५,कार्मा लाजुम गुरुङ(खाम्पा)बाट रु ५०० र हजारी महतारा (खाम्पा)बाट रु ५०० ,गरि १५ हजार ९ सय ६५ रुपैया सहयोग गरिएको बताए ।

अदानचलि गाँउपलिका ३ का १३ वर्षीय बालकको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएकोमा सहगोग गर्न पाउदना निकै खुसि भएको सहयोग दाताहरुको भनाई छ । क्यान्सर पिडित अखिल दमाई अहिले कान्तिपुर बाल अस्पतालमा उपचार भई रहेको छ । आर्थिक अभावका कारण उपचारमा निकै समस्या भएको उनको बुवा जाड दमाईले बताएका छन् ।

उक्त बालक बचाउको लागि सुरुमा १० हजार रुपैया सहयोग गरी बालक बचाउ अभियान सुरु गरेको छ । सुरु गरे देखी अहिले सम्म १ लाख १० हजार ९ सय ६५ रुपैया जम्मा भैसकेको छ ।

कसले कती सहयोग गरे ।
पहिलो दिन
१.जसमा रेडियो श्रीनगर एफ एम रु.१००००।
२.सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक तथा अदानचुली ५ हुम्लाका धु्रबराज सिंह रु.१००००।
३.सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक तथा सर्केगाड १ जैरका सन्तोश धामी रु. ५०००।
४.रेडियोे कर्णाली आवाजकी तिलसरा बि.क रु.५०००।
५.श्रीनगर गा.बि.सका पुर्व सचिब तथा अदानचुली २ का तुलसी भण्डारी रु.३०००।
६.नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत श्रीनगर २ का पवन बुढा रु.३०००।
दोस्रो दिन
१.अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महतारा रु.६०००।
२.अदानचुली गाउँपालिकामा कार्यरत हेल्थअसिस्टेन्ट सन्तोश बुमी रु.३०००।
३.हाल लमजुङको राईनस नगरपाली वडा नम्बर १० का वडा सचिब समेत रहेका हुम्ला जिल्ला ताँजाकोट गाउँपलिका ५ मदनाका दल बहादुर बोहरा रु. २०००।
४.नेपाल प्रहरी जाजरकोटमा कार्यरत अदानचुली १ कल्खेका रामराज फडेराले रु.२०००।
५.डिप्रोष लघुवित्त संस्था कपिल्बस्तुमा कार्यरत हुम्ला जिल्ला अदानचुली गाउँपालिका ६ लमहीका छबीलाल टमटाले रु. २०००।
तेसौ दिन
१.लौठी स्वास्थ्य चौकीका अहेब समेत रहेका अदानचुली २ का हर्कदन भण्डारी १००००।
२.राष्टिय पुननिमार्ण प्राधिकरण धादिङमा कार्यरत अदानचुली ३ का सक्क कुलालाले २५००।
३.युवावर्ष आधारभुत बिद्यालय सोरुकोट शिक्षक समेत रहेका सोरुगाउँपालिका वडा नम्बर ३ का बिस्वरुप बुमीले रु.२०००।
४.अनेरास्वबियु हुम्ला काठमाडौ सम्पर्क मञ्चका पुर्व सचिब समेत रहेका सर्केगाड १ तुम्चका उजिल बुढाले १५००।
चौथो दिन
१.अदानचुली १ कल्खे स्थायी घर भएका कान्जीरोवा यातायात प्राली मुगुका सचिब लक्ष्मण फडेराले ३०००।
२. अदानचुली २ तुम्चका कुल बहादुर कुलालाले रु १५००।
पाँचौ दिन
१.बाँकेमा बसोबास गर्ने हुम्लीहरुले स्वास्थ्य सामाग्रीको लागि उठाएको रकमबाट बचेको रकमबाट(पवन बुढा,भक्त शाही)रु.१००००।
२.अदानचुली ३ हुम्लाका पुष्कर रोकायाले रु.५०००।
३. सोरु गाउँपालिका ३ भिईका तथा सोरु गाउँपालिकाका फोकल प्रसन समेत रहेका रेडियो श्रीनगरका स्थानीय संबाददाता बिनोद शाहीले रु.३०००।
४.अदानचुली गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिष्नु थापाले रु. २०००।
५. अदानचुली गाउँपालिका वडा नम्बर ४ का सहायक कम्प्युटर अप्रेटर पदम बहादुर बुमीले रु. ३०००।
छैटौ दिन
१.र्खुतमा रहेका खाम्पाहरुबाट १५९६५।
२.नेपालगन्ज उप(महानगरपालिका योजना शाखा प्रमुख श्री ब्रज भूषण झाले २५००।

हाल सम्म जम्मा रु.११०९६५। बुवा जाड दामाईको खातामा जम्मा गरेका छन् । सहयोग गर्ने सबैलाइ क्यान्सरबाट पिडित अखिल दमाइका बुवा जाड दमाइले धन्यबाद दिएका छन् ।

प्रकाशित मितिः     २४ जेष्ठ २०७८, सोमबार २१:०३  |