सदरमुकामा निषेधाज्ञा थप, उत्तर र दक्षिणमा खुला


काली बहादुर थापा
जेठ २५ हुम्ला । हुम्लामा चौथो पटक निषेधाज्ञा थप गरिएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसि) हुम्लाको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

असाढ नजिकिएसँगै जिल्लामा यस अघि कडाई गरीएको निषेधाज्ञालाई केही खुकुलो बनाइने भएको छ । जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी दैनिक उपभोग्य वस्तु (तरकारी,खाद्य,दुध,ग्यास) आदिका पसलहरु विहान ठिक ७ बजेदेखि विहान १० बजे तीन घण्टासम्म खाद्यान्न खरिद, विक्री गर्न दिने भएको प्रजिअ आचार्यले बताउनु भयो ।

बैंक तथा वित्तीय संस्थालाई भने १० बजेदेखि २ बजेसम्म खुला रहन दिइने भएको छ । यस्तै सरकारी तथा सार्वजनिक कार्यालयहरुले २५ प्रतिशत सम्म कर्मचारी प्रयोग गरी स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्डहरु अवलम्वन गरेर सञ्चालन गर्न पाउने भएका छन् । बैठकले मंगलबार राती देखि यही असाढ २ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

नाम्खामा लकडाउन खुलाइयो
यस्तै जिललाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमीमा आजबाट लकडाउन खुल्ला गरीएको छ । वडाध्यक्ष पालजोर तामाङको अध्यक्षतामा बसेको बैठकले असारमसान्त नजिकीएसँगै कामको चाप बढी हुनेभएकाले लिमीमा कार्यरत सरकारी तथा गैरसरकारी कर्मचारीलाई आजबाट वडा नम्बर ६ लिमी प्रवेश गर्न पाइने भएको छ ।

तील, जाङ, हल्जी गाउँका अगुवाहरुको उपस्थितमा कर्मचारीलाई प्रवेश गर्न दिइने भएको छ भने अन्य भ्रमणमा आउने आन्तरीक पर्यटकलाई प्रवेशमा निषेध अथावत नै रहने भएको लिमी स्वास्थ्य चौकीका निमित्त कार्यालय प्रमुख लोकनाथ बोहराले बताए ।

वडा नम्बर ६ मा कार्यरत कर्मचारीलाई तल खुवाउनु पर्ने र विभिन्न योजनाहरुको काम गर्नुपर्ने भएका कारण अन्यलाई नागरीकलाई प्रवेश गर्न नदिइने भएको भएपनि कर्मचारीलाई प्रवेशमा आजबाट खुल्ला गरीएको निमित्त कार्यालय प्रमुख बोहराले जानकारी दिए ।

यस्तै खार्पुनाथ गाउँपालिकाको वडा नम्बर पाँचमा रहेको बाम्टामा समेत शिल खोलिएको छ । केही दिन अगाडी बाम्टामा परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको थियो उनीहरुलाई आज पुन परीक्षण गर्दा कोरोना रिर्पोट नेगेटिभ आएपछि शिल खोलिएको बताइएको छ । अब बाम्टामा वडा नम्बर पाँचका स्थानीय आवतजावत गर्न पाउने भएका छन ।

जिल्लाको तल्लो क्षेत्रमा भने खुकुलो
जिल्ला र स्थानीय तहले जतीसुकै कडाई गरे पनि निशेधाज्ञाको कुनै प्रबाह नगरी आवत जावत गरे पछि जिल्लोको तल्ला भेगमा निशेधाग्यलाई खुकुलो पारीएको छ । पसल होटल मात्र बन्द हुँने जनप्रतिनिधिहरु,क्रमचारीहरु देखी लिएर जान्ने सुन्नेहरु सबै ठाउँ पुग्ने भए पछि लकडाउनको कुनै अर्थ नभएको भन्दै गुनासो आए पछि यसलाई खुकुलो पारीएको छ ।

कोरोना संक्रमित भनिएका नै खुलेआम रुपमा बजार देखी अन्य ठाउँहरुमा पुगेका छन् भने संक्रमित भएको ठाउँमा नै गएर स्थानीय नागरीकहरु बस्ने गरे पछि यसको प्रभाब घटेको हो । सँगै बस्ने खानेहरुलाई पनि कोरोना संक्रमण नदेखाए पछि र कोरोना संक्रमित भनिएकाहरु पनि खासै बिरामी नभएकाले पनि यसलाई सामान्य रुपमा लिएका छन् ।

जिल्लाको तल्लो क्षेत्रमा जती पनि कोरोना संक्रमित भनिएका नागरीकहरु छुट्टै आइसुलेसन गरेर बसेका छैनन उनिहरु घरभित्रै सबै घरपरिवार भित्रै बसेर १४ दिन पछि उनिहरुको रिपोर्ट नेगेटिभ देखाए पछि र सो सँगै बसेका घर परिवारको पनि नेगेटिभ देखाए पछि यसको कुनै असर नहुँने भन्दै खुलेआम रुपमा हिडे पछि कोही कसैले पनि लकडाउनको पालना नगरेको स्थानीयले बताएका छन् ।

लकडाउनको समयमा अरु सबैले आ आफ्नो काम गरी रहेकै छन् बिकास निमार्णका कामहरु भैरहेकै छन्,कार्यालयहरु सञ्चालीतनै छन् पसलहरु खोलीएकै मात्र होटल ब्यबषयीहरु मात्र मार परेको देखीए पछि जिल्लो तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिका बिहान १० बजे देखी ४ बजे सम्म होटल पशल खोल्ने निर्णय गरेको छ ।

प्रकाशित मितिः     २५ जेष्ठ २०७८, मंगलवार २२:४९  |